किङ पब्लिसिटीमा निस्केनन् निखिल, अनुप र बेनिशाकै भर


Filmy Kura, Dec 24, 2016 at 1:38 pm

king-nikhil-benisha-filmykuraपौषको यो जाडोमा दर्शकलाई न्यानो महसुस गराउन रिलिज पर्खाइमा रहेको फिल्म हो ‘किङ’ । एक्सन प्रधान फिल्म ‘किङ’ माघे संघ्रान्ती खाने दाउमा छ ।

पौष २९ बाट अल नेपाल रिलिज हुदैछ यो फिल्म । त्यसो त निर्माण यूनिटले दर्शकको कान सम्म ‘किङ’ को बारेमा जानकारी रहोस् भन्ने हेतुले पौषको पहिलो साताबाटै पब्लिसिटीलाई अगाडि बढाएको छ । तर विडम्बना फिल्मका शीर्ष कलाकार निखिल उप्रेती भने ‘किङ’ प्रचार प्रसारका लागि कहि कतै निस्केका छैनन् । उनी पब्लिसिटीमा ननिस्कनुमा समय अभाव देखाइएको छ । हो उनी फुर्सदमा छैनन् यो कुरा सबैलाई थाहा छ । तर निखिल ‘किङ’ प्रति जति उदार देखिनुपर्ने हो त्यो भने देखिएका छैनन् । निखिल आफै निर्मित फिल्म रुद्रमा व्यस्त छन् यतिबेला । निर्माण पक्ष भने निखिलले प्रचार प्रसारमा साथ नदिएपछि अन्य कलाकार अनुपविक्रम शाही र बेनिशा हमालको भरमा परेको छ ।

जगन श्रेष्ठ प्रस्तुत ‘किङ’ लाई सविर श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा जयन श्रेष्ठको लगानी रहेको छ । ‘किङ’ बनेर प्रस्तुत भएका निखिललाई केही फरक गेटअपमा पाउन सकिन्छ । त्यसो त उनी अभिनित फिल्म एक्सनले खास हुने गरेको छ । ‘किङ’ मा भने एक्सन पार्टलाई सशक्त बनाउन फाइट मास्टर रोशन श्रेष्ठले भरमग्दुर प्रयास गरेका छन् । जून कुरा ट्रेलरबाट समेत थाहा पाउन सकिन्छ । जे होस् रिलिज पूर्व चुलिएको ‘किङ’ को चर्चा रिलिज पश्चात दर्शकले तारिफ गर्ने खालको कतिको बनेको छ त्यसका लागि भने तीन साता कुर्नुको विकल्प छैन । सञ्जय लामाले छायांकन गरेको यस फिल्ममा बसन्त सापकोटा, दिनेश सोनाम र सुजेन्द्र डि कार्कीले संगीत दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो