फुच्चे हिरोको क्यारिङ ग्याङ रिटन्र्स, तर उनी अहिले भैसके जवान


Filmy Kura, Dec 24, 2016 at 2:20 pm

carreng-gang-returns-film-filmykuraपछिल्लो समय चलचित्रको सिक्वेल बनाउने क्रम ह्वात्तै बढेको छ । पहिलो फिल्म सफल होस् या नहोस् सिक्वेल बनाउने घोषणा गर्न निर्माता तम्सिहाल्छन् । फेशन जस्नै बनेको छ सिक्वेल निर्माण पनि । पहिलो फिल्मको पछि टु अथवा रिटन्र्स या ब्याक एगेन जस्ता वर्ड थपेर सिक्वेल निर्माण हुन थालेको छ । यहि क्रममा ‘क्यारिङ ग्याङ’ नामक फिल्मको भने तेस्रो पार्ट यतिबेला धमाधम सुटिङ भइरहेको छ ।

‘क्यारिङ ग्याङ’, ‘क्यारिङ ग्याङ’ टु पछि निर्माण पक्ष ‘क्यारिङ ग्याङ रिटन्र्स’ निर्माणमा लागेको हो । अघिल्लो साता काठमाडौंको दरबारमार्गमा निर्माण यूनिटलाई फिल्मीकुराले फाइट सिक्वेन्स गरिरहेको अवस्थामा फेला पा¥यो । जहाँ फिल्मका हिरो अजु लामा फाइट गरिरेहका थिए । ‘क्यारिङ ग्याङ’ वान गर्दा उनी सात वर्षका थिए । करिब सात वर्षकै ग्याप पछि उनी ‘क्यारिङ ग्याङ रिटन्र्स’ मा आबद्ध भएका हुन् । पढाईलाई निरन्तरता दिन यो लामो ग्याप राखेको उनको भनाइ छ ।

त्यसो त वान र टुमा अजु न्यू हेयरकटका साथ प्रस्तुत भएका थिए । सानु फुच्चेको एक्सनलाई उतिबेला दर्शकले निकै मन पराए । ‘क्यारिङ ग्याङ रिटन्र्स’मा भने अजु चाइनिज फाइटका साथ देखिदैछन् । पूर्णतया द्धन्द्धप्रधान यस फिल्ममा अजुले दर्शकलाई नयाँ टेष्ट दिन जिउ ज्यान दिएर लागेका छन् । यसले गर्दा पनि उनी सुटिङको समय फाइट गर्दा गर्दै घाइते हुन पुगेका थिए ।

यता फाइट सिकाररहेका थिए द्धन्द्ध निर्देशक राजु किरातीले । हाल सम्म नेपाली फिल्ममा नगरिएको फरक टाइपको एक्सन क्यारिङ ग्याङ रिटन्र्समा समावेश गर्न लागेको उनले दाबी गरे । फिल्मकी नायिका हुन् सारिका घिमिरे । यस अघि केही फिल्म खेलेकी सारिका पहिलो पटक एक्सन मूभि गर्न पाउँदा उत्साहित देखिइन् । उनले आफ्नो क्यारेक्टरबारे भने रिभिल गर्न चाहिनन् तर एक्सन भूमिकामा रहेको खुलाइन् ।

अब जाउ निर्देशक तर्फ । ‘क्यारिङ ग्याङ’ वान निर्देशन गरेका राजु लामाले नै यो फिल्मको निर्देशन जिम्वेवारी सम्हालेका छन् । ‘ग्यारिङ ग्याङ टु’ भने उदय सुब्बाले निर्देशन गरेका थिए । राजु लामाले निर्देशन मात्र नभई निर्माणको हिस्सा समेत लिएका छन् । चलचित्रको सुटिङको लागि मात्र ६ महिनाको समय छुट्याएको निर्माता निर्देशक लामाले जानकारी दिए । उनले फाइटको लागि चाइनाबाट उस्सु गुरुलाई ल्याउने तयारी गरिरहेको बताए ।

त्यसो त निर्माणमा राजुलाई एक जना व्यवसायीले सघाएका छन् । उनी हुन् मधु क्षेत्री । मधुले यहि फिल्मबाट निर्माणमा हात हालेका हुन् । भोलिको दिनमा पनि फिल्म क्षेत्रलाई निरन्तरता दिने सोच राखेका निर्माता क्षेत्रीले चलचित्रको माध्यममबाट समाजमा केही गरौ भन्ने उद्देश्ले लिएर हिडेको बताए । राजुका साथी हुन् मधु क्षेत्री । मधुले मित्रको हैसियतले राजुलाई निर्माणमा सघाएको नभइ विषयवस्तु मन परेर लगानी गरेको बताए । लिजा लक्ष्मी मूभिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा अजु लामा, सारिका घिमिरे र सन्ध्या महर्जन शीर्ष भूमिकामा रहेका छन् । फिल्मको गीतमा दिपक रमन र राजिव शाहको संगीत रहने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो