विज्ञानको युगमा मृत आत्मा बनेर भ्रम छर्न आउदै कर्मा र भिन्तुना


Filmy Kura, Dec 24, 2016 at 4:14 pm

karma-shakya-filmykura२१ औं शताब्दि जसलाई हामी विज्ञानको युग भनेर समेत सम्बोधन गर्छौ । यस युगमा भूत प्रेत र मृत आत्माले सताउने कुरा केबल काल्पनिक हुन् सत्य हुन सक्दैन भन्नेको जमात धेरै छ । तथापी दुर दराजका बस्तीहरुमा भने अझै यो अन्धविश्वासलाई मानिसले आत्मसाथ गर्दै आइरहेका छन् । चाहे त्यो शहर होस् या गाउँ होस् । यी दुवै ठाउँमा बस्ने मानिसले मृत आत्माबाट जिवित मानिस कसरी सताइन्छन् त भन्ने कुरा पर्दामा हेर्न पाउने भएका छन् ।

हो, यस्तै विषयमा निर्माण भएको फिल्म ‘भ्रम’ मार्फत आधुनिक समाजका दर्शकले सदियौ पहिला गरिने अन्धविश्वास र त्यसबाट जिवित मानिसमा प्रकट हुने मनोविज्ञानलाई हेर्न पाउने भएका हुन् । पौष २२ देखि यो फिल्म अल नेपाल रिलिज हुँदैछ । निर्माण यूनिट फिल्मको प्रचार प्रसारमा उत्रेको छ । श्याम ल्वागुण र सुरेश घमाल फिल्मका निर्माता हुन् । यी दुईको संयुक्त लगानीमा तयार भएको ‘भ्रम’ फिल्ममा कर्मा शाक्य, भिन्तुना जोशी, सुरेश घमाल, खुश्वु खड्का, सन्जिव विक लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मको ट्रेलरमा मृत आत्माले तर्साउन आएपछि जिवित मानिसमा उत्पन्न हुने डर र त्रास पछिको भयानक अवस्थालाई चित्रण गर्न खोजिएको छ । रविन्द्र शाहीले ‘भ्रम’को निर्देशन गरेका हुन् । उनकै कथा रहेको यस फिल्मलाई कृष्ण श्रेष्ठले खिचेका हुन् । फिल्मको पटकथा तथा संवाद राधा श्रेष्ठ र श्याम श्रेष्ठले लेखका हुन् । कुमार महर्जनको द्धन्द्ध रहेको फिल्मको गीतमा सांगीत भर्ने काम रक्की धसुले गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो