समर्पण यूनिट निर्देशक प्रति रुष्ट, केटाकेटी पन देखाएको आरोप


Filmy Kura, Dec 25, 2016 at 1:42 pm

पौष १५ रिलिज फिल्म ‘समर्पण’ को निर्देशक बसन्त निरौलाले केटाकेटी पन देखाएको निर्माण यूनिटले ठहर गरेको छ । फिल्म रिलिज संघारमा निर्देशकले साथ नदिएपछि प्रस्तुतकर्ता तथा कलाकार रोजन रखाल उनी प्रति रुष्ट बनेका हुन् ।

ranju-rubi-amrit-filmykura-com

तस्बिरमा बायाँबाट फिल्मका कलाकार अमृत शाही, रुवि शर्मा र रञ्जु शर्मा

राजधानीमा आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै फिल्मका प्रस्तुतकर्ता तथा कलाकार रखालले भने, ‘पब्लिसिटीका क्रममा पूर्व पश्चिम यात्रामा निस्कौ भन्दा पनि उहाँले घरायसी समस्या देखाउनुभयो । त्यसो भए काठमाडौंको मिडियामा त गइदिनुस् भन्दा भ्याउदिन भन्ने जवाफ दिनुभयो । यसपछि हाम्रो थप कुरा भएको छैन ।’ उनले निर्देशक निरौला प्रति इङ्कीत गर्दै काममा इमानदारिता नदेखाएको आरोप लगाए । त्यसो त मिडिया सामु रोजनले निर्देशकले फोन समेत नलाग्ने गरेर राखेको भनाइ राखे ।

rozan-tanka-imran

बायाँबाट क्रमश फिल्मका प्रस्तुतकर्ता रोजन, संगीतकार टंक र निर्माता इमरान

अन्तिम समयमा हात झिकेका कारण प्रोजेक्ट असफल हुने प्रति संकेत गर्दैै उनले यस्ता प्रकारको गैरजिम्वेवार काम नगर्न समेत निर्देशक निरौलालाई सुझाव दिए । केटाकेटी जस्तो बाहिर लुकेर नहिड्न आग्रह गर्दै उनले चित्त नबुझेका कुरा आफू सँग फेस गर्न आग्रह समेत गरे । रोजनले यो फिल्म बंगलादेशी नागरिक इमरान सिद्धिकी सगँ मिलेर निर्माण गरेका हुन् । प्रेस भेटघाटमा सहभागी हुन् बंगलादेश देखि सिद्धिकी नेपाल आएका थिए । उनले फिल्मका कलाकारलाई बेस्ट अफ लक भन्दै नेपाली फिल्ममा लगानी गर्न पाउदा उत्साहित भएको धारणा राखे ।

फिल्ममा नयाँ अनुहारको बाहुल्यता रहेको छ । पत्रकार माझ बोल्दै फिल्मकी अभिनेत्रीद्धय रञ्जु शर्मा र रुवि शर्माले पौष १५ मा हल सम्म गएर फिल्म हेरिदिन दर्शकलाई आग्रह गरे । नयाँ मानिसको कामको सहि मूल्यांकन गरिदिएर अगाडि बढ्नको लागि हौसला प्रदान गरिदिने काममा दर्शकले साथ दिनेछन् भन्नेमा यी दुईको विश्वास थियो । फिल्मको कलाकार अमृत शाही ठकुरीले ‘समर्पण’ ट्रेलर आउट भएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत थुप्रै कमेन्ट प्राप्त गरेको बताए । युवा दर्शक हल आउनेमा उनी विश्वस्त देखिन्थे ।

समारोहमा निर्देशक निरौला अनुपस्थित थिए । यस अघि केही फिल्ममा निर्देशन अनुभव संगालेका निरौला भने अर्को फिल्म सुटिङका लागि लोकेशनको खोजिमा यतिबेला हिडिरहेको जानकारीमा आएको छ । फिल्ममा टंक बुढाथोकीको संगीत, कुमार महर्जनको द्धन्द्ध, संग्राम तामाङ र विश्वास लामाको नृत्य रहेको छ । नेपाल र बंगलादेशमा छायांकन भएको ‘समर्पण’लाई दिव्य सुवेदी र जयकुमार दर्लामीले खिचेका हुन् ।

तस्बिर आशिष तामाङ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो