लभ सासालाई टक्कर दिन पौष २८ मै किङ आउने


Filmy Kura, Dec 25, 2016 at 2:49 pm

king-love-shasha-filmykuraहुन त फिल्मी क्षेत्रमा जसले जे ग¥यो त्यसलाई अर्कोले फलो गर्ने प्रचलन बढी छ । त्यसमा पनि यो क्षेत्रमा राम्रो भन्दा नराम्रो कुरा बढी चर्चामा आउछ । र अर्को कुरा जसको शक्ति उसैको भक्ति भन्ने स्लोगन नेपाली फिल्ममा लागु हुने गरेको तथ्य पछिल्ला दृष्टान्त हेर्दा छर्लङ्गै हुन्छ ।

निर्माता माधव वाग्लेले आफू निर्मित फिल्म ‘लभ सासा’ शुक्रबार रिलिज गराउने नियम तोड्दै पौष २८ बिहीबार नै प्रदर्शन गर्ने तयारी गरेपछि ‘किङ’ निर्माता पनि एकदिन अघि फिल्म जुधाउन रेडि भएका छन् । ‘किङ’ निर्माता जयन श्रेष्ठ पौष २९ को प्रचारात्मक रिलिज डेटलाई ढाकछोप गर्दै अब आफ्नो फिल्म २८ गते नै रिलिज हुने भनेर ढ्वाङ फुकिरहेका छन् । उपत्यका भित्र भने शुक्रबार मात्र नयाँ नेपाली फिल्म रिलिज गराउने चलचित्र विकास बोर्डको नियममा उल्लेख छ । यी दुई फिल्म बिहीबार नै रिलिज हुने भनेर प्रचार प्रसार थालिदा समेत बोर्ड भने मौन छ । त्यसो त विकास बोर्डमा राजकुमार राईले अध्यक्षको पद सम्हाले सँगै गफ बढी काम कम भइरहेको सर्वविदितै छ ।

निर्माता संघको अध्यक्ष हुँदा बक्स अफिस लागू गर्छु भनेर कुर्लिने राजकुमारले बोर्डमा पुगेपछि यसको लागि खासै काम गरेको पाइएको छैन ।हेरौ, अब यी दुई फिल्म बिहीबार नै रिलिज होलान् या बोर्डको नियम अनुसार शुक्रबारबाट रिलिजका लागि तयार होलान् । यो भने अध्यक्ष राईले लिने निर्णयमा भर पर्छ ।यता हल व्यवासायी भने शुक्रबार बाहेक अन्य दिनमा पनि नेपाली फिल्म चलाउन तयार देखिएका छन् । सविर श्रेष्ठले लेखन तथा निर्देशन गरेको ‘किङ’ फिल्ममा निखिल उप्रेती, अुनपविक्रम शाही, बेनिशा हमाल लगायतका कलाकारको अभिनय रहेको छ । यता प्रचण्डमान निर्देशित फिल्म ‘लभ सासा’मा भने केकी अधिकारी, कर्मा शाक्य, आशिफ शाह लगायतका कलाकार केन्द्रिय भूमिकामा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो