न म हिरो हुँ न म सपोर्टिङ एक्टर : रोयदिप श्रेष्ठ


Filmy Kura, Dec 25, 2016 at 3:45 pm

roydeep-shrestha-filmykura‘शब्द’ फिल्मका कलाकार रोयदिप श्रेष्ठले आफू हिरो र सपोर्टिङ एक्टर दुवै नभएको बताएका छन् । सुरुवाती दिनमा हिरो हुने सोचले यो क्षेत्रमा आएपनि उनले थिएटर जोएन गरेपछि भने हिरो होइन क्यारेक्टरलाई न्याय दिन सक्ने कलाकार बन्छु भन्ने अठोठ लिएका थिए ।

‘शब्द’ उनको अभिनयको हिसाबले पाँचौ फिल्म हो । खै त तपाई फिल्मको लिड कलाकारको रुपमा देखिएको भन्ने फिल्मीकुराको प्रश्नमा रोयदिपले भने, ‘सबैले यहि कुरा सोध्छन् । मलाई आफू हिरो हुँ भन्ने पनि लाग्दैन र सपोर्टिङ एक्टर पनि म होइन । म त क्यारेक्टरलाई न्याय दिने कलाकार मात्र हुँ ।’ ‘शब्द’ फिल्ममा गाउले चरित्रमा देखिएको बताउने कलाकार श्रेष्ठले सुटिङ सयम राम्रो एक्स्पिरियन्स बटुेलेको कुरा सेयर गरे । अभिनेता सौगात मल्ल सँग काम गर्न पाउँदा धेरै कुरा सिक्ने अवसर मिलेको उनको भनाइ थियो ।

चार वर्ष भयो रोयदिपले यो फिल्डमा बिताएको । सुरुवाती दिनमा मोडलिङबाट यो क्षेत्र प्रवेश गरेका कलाकार श्रेष्ठले अभिनय भने अनुप बरालबाट सिकेका थिए । उनको डेव्यू फिल्म भने ‘उत्सव’ हो । अभिनयको नशाले यो फिल्ड छोडेर अन्त जान नसक्ने अवस्थामा पुगेको उनको कथन थियो । ‘शब्द’ फिल्ममा उनको जोडीको रुपमा नवनायिका ओशिन भट्टराईलाई पाउन सकिन्छ ।

यो फिल्म चल्ने आधार के–के छन् भन्ने अर्को प्रश्नमा रोयदिप भन्छन्, ‘पहिलो कुरा त फिल्मको कथावस्तु निकै राम्रो छ । दोस्रो कुरा सबै कलाकारले निकै उत्कृष्ट काम गरेका छन् । र जति पनि दर्शक फिल्म हेर्न आउनु हुन्छ उहाँहरुले तारिफ नै गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । किनकि फिल्मको प्रस्तुतिकरण अर्को सबल पक्ष हो ।’ नाटक र फिल्म दुवैलाई सँग सँगै अगाडि बढाउने सोचमा कलाकार रोयदिप रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो