भ्रमको आइट नम्वरमा बोटल खाली गर भन्दै हर्षिका (भिडियो)


Filmy Kura, Dec 26, 2016 at 1:35 pm

harshika-shrestha-filmykuraचलचित्र ‘भ्रम’ को आइटम नम्वर रिलिज भएको छ । आइतबार युट्युव मार्फत रिलिज गरिएको यस गीतमा अभिनेत्री हर्षिका श्रेष्ठले बोटल खाली गर भन्दै कम्मर मर्काएकी छिन् ।

त्यसो त फिल्ममा उनको अभिनय भने छैन । एक गीतमा मात्र हर्षिकालाई दर्शकले हेर्न पाउनेछन् । विवाह पश्चात चलचित्र क्षेत्रबाट पलायन भएकी नायिका श्रेष्ठ हाल घरव्यवहार मै व्यस्त छिन् । मदिरा सँग सम्बन्धित यस गीतमा रक्की धसुले संगीत दिएका छन् । संगीतकार धसुकै शब्द रचना रहेको यो गीतलाई रत्न शोभा महर्जनले गाएका छन् । पौष २२ देखि अल नेपाल रिलिज थालनी गर्ने यस फिल्ममा कर्मा शाक्य, भिन्तुना जोशी, सुरेश घमाल, खुश्वु खड्का, सञ्जिव विक लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्माण पक्ष बजेट अभाव देखाउदै पब्लिसिटी बेगरको रिलिज पर्खाइमा छ । श्याम ल्वागुण र सुरेश घमालको संयुक्त लगानीमा तयार यस फिल्मलाई रविन्द्र शाहीले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो