लभ सासाको स्याड भर्सन सङ्ग रिलिज, वियोगमा केकी र कर्मा


Filmy Kura, Dec 26, 2016 at 2:32 pm

keki-adhikari-karma-filmykuraचलचित्र ‘लभ सासा’ को स्याड भर्सन सङ्ग रिलिज भएको छ । गीतको भिडियोमा केकी अधिकारी र कर्मा शाक्यलाई वियोगमा रहेको देखाइएको छ ।

प्रेममा रहेको जोडी एक अर्काबाट छुट्टिए पछिको अवस्थालाई यस गीतमा प्रस्तुत गरिएको छ । प्रस्तुत गीतमा आवाज भने मिना सिंह र जशोन कुँवरले दिएका छन् । सफल निर्माता माधव वाग्लेले ‘लभ सासा’ मा लगानी गरेका छन् । फिल्मको लेखन तथा निर्देशन भने प्रचण्डमान श्रेष्ठले गरेका हुन् ।

शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा माधवलाई लगानीमा निश्चल विक्रम रानाले सघाएका छन् । फिल्म भने आउदो पौष २८ गते बिहीबारबाट प्रदर्शन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो