वाग्लेले लस्कर तस्कर निर्माण गर्ने, सौगात र विपिन लिडमा


Filmy Kura, Dec 28, 2016 at 1:31 pm

सिने क्षेत्रका सफल मेकर माधव वाग्लेले ‘लस्कर तस्कर’ फिल्म निर्माण गर्ने भएका छन् । अबको केही दिन पछि औपचारिक निर्माण घोषणा गरिने यस फिल्ममा अभिनेता सौगात मल्ल र विपिन कार्की लिड रोलमा रहने मेकर वाग्लेले फिल्मीकुरालाई खुलासा गरेका हुन् ।

एक विशेष संवादमा जोडिदै उनले भने, ‘मलाई ल शब्द निकै फापेको छ । लुट र फस्ट लभ हिट भयो । अब लुट २ र लभ सासा पनि हिट हुन्छ । अर्को लालपूर्जा त छदैनी छ । अब मैले निर्माण गर्ने फिल्मको नाम हो लस्कर तस्कर । म तपाईकै मिडिया मार्फत पहिलो पटक यो कुरा सार्वजनिक गर्दैछु । तस्करी सँग सम्बन्धित विषयमा यो फिल्म केन्द्रित हुनेछ ।’ फिल्म क्षेत्रबाट नाम र दाम दुवै कमाउन सकिने उनले दाबी गरे । बुझेर आउने मेकरलाई फिल्मबाट घाटा नहुने उनको तर्क छ । तर पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धाले गर्दा निराशाजनक अवस्था सिर्जना भएको भन्दै वाग्लेले राम्रो फिल्मलाई दर्शकले सदैव साथ दिने गरेको भनाइ राखे ।

उनले ‘लस्कर तस्कर’ फिल्ममा अन्य कलाकार छनौट हुन बाँकी रहेको बताए । बाँकी कलाकार छिट्टै फाइनल गरिने समेत उनले बताएका छन् । फिल्मको विषयले भन्दा प्रस्तुतिकरणले दर्शक तानिने गरेको निर्माता वाग्लेको कथन छ । अर्को एक प्रसंगमा उनले निर्माता संघको हुन गइरहेको चुनावका लागि उपाध्यक्ष पदमा उठ्न लागेको बताए । आफू कुनै पनि राजनीतिक पार्टीको सदस्य नरहेको भन्दै वाग्लेले फिल्मको हक हितका लागि गठन गरिएका जुन सुकै संघ पछिल्लो समय राजनीतिक प्रभावबाट मुक्त रहन नसकेकोमा चिन्ता व्यक्त गरे । त्यसो त जुनसुकै पार्टीमा आस्था राख्ने चलचित्रकर्मी भए पनि संघमा रहदा भने फिल्म क्षेत्रको हितका लागि काम गरिनुपर्ने उनको तर्क छ ।

यो क्षेत्रमा कतिपय रंग रमाइलो गर्ने मनसाय राखेर आउने निर्माता पनि भएको कुरामा उनी सहमत देखिए । तर यी कुराबाट भने आफू सधै टाढा रहने गरेको उनी बताउँछन् । ‘मैले अहिले सम्म कुनै नायिकालाई घुमाएर हिडेको छैन । र त्यस्तो सौख पनि छैन ।’ उनले हाँस्दै भने, ‘अब कुनै हिरोइनले नै अफर गर्छ भने चाहि नाइँ भन्दिन् ।’

निर्माता वाग्ले सँगको भिडियो संवाद केही छिन् पछि हेर्न सक्नुहुनेछ ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो