पागल हुनबाट बच्न तुलसीले दिएका थिए फिल्मलाई निरन्तरता


Filmy Kura, Dec 29, 2016 at 2:12 pm

निर्देशक तुलसी घिमिरेले पागल हुनबाट बच्न आफूले फिल्म क्षेत्रलाई नै निरन्तरता दिएको बताएका छन् । फिल्मीकुरा सँग एक विशेष संवादमा जोडिदै उनले यो रहस्य खोलेका हुन् ।

बम्बई फिल्म इन्ड्रष्टिजमा स्ट्रगलको पिरियड लाइट म्यान, स्पट ब्वाई र मेकअप म्यान भएर समेत काम गरेको स्मरण गर्दै निर्देशक घिमिरेले भने, ‘मलाई गुल्जर साबले कि त तिमी यो क्षेत्र छोड कि त निरन्तर लागि पर भनेर सल्लाह दिएका थिए । म यस्तो अवस्थामा पुगिसकेको थिए कि पागल सम्म हुन सक्थे । रातदिन काम काम भनेर म हिड्थे । अर्को कुनै फिल्ड चेन्ज गरेको भए म पागल हुन्थे । यसबाट बच्नकै लागि भए पनि मैले फिल्म कै हरेक विधामा आफूलाई उभ्याएको हुँ ।’


उनले कुनै पनि क्षेत्रमा सिन्सियर्ली स्ट्रगल गर्ने मानिस असफल भएको आजसम्म इतिहास नभएको दाबी गरे । सुरुवाती दिनमा सर्भाइभ कै लागि तल्लो स्तरबाट बम्बईमा काम थालनी गरेको बताउने निर्देशक घिमिरेले आजको उपलब्धि त्यसैको परिणाम भएको बताए । रोजी रोटीका लागि एकाग्र भएर मन परेको क्षेत्रमा समय व्यतित गर्दा जवानीमा प्रेम गर्ने समय समेत अपुग भएको उनको भनाइ थियो । यो समय अवधि भित्र दर्शकबाट ताली गाली दुवै प्राप्त गरेको अनुवभ उनी समक्ष छ ।

उनी थप्छन्, ‘मैले जिन्दगीमा धेरै काम गरेको छु । एक जनममा कुनै मान्छेले यतिको काम सायदै गर्छ । म लाइट म्यान देखि निर्देशक सम्म आइपुगेकोले पनि आज टिमको कुनै मान्छे विरामी परेर सुटिङ रोक्नु प¥यो भने म तत्काल यो कुरामा कन्भिन्स हुन्छु ।’ तुलसीले ३० वटा हिन्दी फिल्ममा चिफ एसिस्टेन्स डिरेक्टर भएर काम गरेका छन् । ८ वटा हिन्दी फिल्म इडिटिङ गरेका निर्देशक घिमिरेले २२ वटा नेपाली फिल्ममा लेखन, निर्देशन तथा सम्पादनको जिम्वेवारी कुशलता पूर्वक निभाएका छन् । पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘दर्पण छाँया–२’ रिलिज पाइप लाइनमा छ । फागुन अन्तिमबाट दर्शकमाझ आउन लागेको यो फिल्ममा इमोशनल कुराहरु भन्न खोजेको निर्देशक घिमिरेको कथन छ ।

दर्पण छाँया २ कि कलाकार साहारा कार्कीको साथ निर्देशक घिमिरे

बितेर गएका सर्जकलाई कसरी सम्झनु पर्छ भन्ने मनन योग्य कुरा फिल्ममा देखाउन खोजेको तुलसीले बताएका छन् । ‘दर्पण छाँया–२’ मा नयाँ टेक्नोलोजीको प्रयोग गरेको बताउदै उनले यस फिल्मलाई क्लिन प्रिजेन्टेशन भन्न रुचाए । जे होस् नेपाली फिल्मको वान म्यान आर्मा हुन निर्देशक तुलसी घिमिरे । फिल्म क्षेत्रको एक दरिलो पिलरका रुपमा रहेका घिमिरेले यो अवस्था सम्म आइपुग्नको लागि अथक प्रयास र मिहेनत गरेका थिए ।

उनी सँग गरिएको रोचक र विचारउत्तेजक कुराकानी फिल्मीकुरा टिभीमा हेर्न सक्नुहुनेछ । प्रतिक्षा गर्नुहोला ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो