मनकारी श्वेता, श्रीको जन्मस्मृतिमा गरिन् डेढ लाख सहयोग


Filmy Kura, Dec 29, 2016 at 4:11 pm

अभिनेत्री श्वेता खड्काले श्रीमान स्व. श्रीकृष्ण श्रेष्ठको जन्मस्मृतिमा एक अनाथ आश्रमलाई डेढ लाख सहयोग गरेकी छिन् । पौष १४ गते स्व. श्रेष्ठको जन्मदिनको अवसर पारी उनले धुम्बाराहीमा रहेको घर आँगन नामक संस्थालाई सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

अहिले यो अनाथ आश्रममा १९ जना बालबालिका बस्ने गर्दछन् । श्वेताले श्रीलाई सम्झीदै भनिन्, ‘उहाँ आफ्नो जन्मदिनमा यसरी नै सामाजिक सेवा गर्नुहुन्थ्यो । मैले उहाँको कामलाई निरन्तरता दिएको हुँ ।’ श्वेताले स्व. श्रेष्ठलाई कहिल्यै बिर्सन नसक्ने बताइन् ।

दुई वर्ष अघि श्रीकृष्णको निधन भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो