४५ दिनको सुटिङ पछि ह्याप्पी डेज इन्डक्ल्याप


Filmy Kura, Dec 31, 2016 at 6:08 pm

मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’ को इन्डक्ल्याप गरिएको छ । यूकेमा ४५ दिनको लामो सुटिङ पछि सम्पूर्ण छायांकन सकाएर निर्माण यूनिट नेपाल फर्केको छ । फिल्मकी हिरोइन प्रियंका कार्की र निर्देशक चाम्स बाहेक अन्य कास्ट एण्ड क्रिउ नेपाल फर्किएको हो ।

चाम्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो फिल्म यूके, इग्ल्याण्ड र वयल्समा छायांकन गरिएको थियो । निर्देशक चाम्सले केहि दिन बिदा मनाएर अर्को फिल्म ‘ब्लाइन्ड रक्स’ का लागि आफू व्यस्त रहने फिल्मीकुरालाई जानकारी दिएका छन् । विदेशका रमणीय दृश्यमा छायांकन गरिएको ‘ह्याप्पी डेज’ मार्फत उनले नेपाली चलचित्रको मेकिङमा केही नयाँ तथा पृथकपन दिन खोजेको बताएका छन् । फिल्मको स्तरमा समेत केही परिवर्तन गर्न खोजेको निर्देशक चाम्सको भनाइ छ ।

फिल्म निर्माणमा सपन इन्टरटेन्मेन्टको ठूलो सहयोग मिलेको भन्दै उनले ‘ह्याप्पी डेज’ मेकिङमा कुनै कम्परमाइज नगरेको दाबी गरे । साथै मिलनले सुटिङका केही तस्बिर समेत सार्वजनिक गरेका छन् । बि.पी खनाल प्रस्तुत यस फिल्ममा भवानी शर्मा, हिराल जोशी र स्वयं निर्देशक चाम्सको लगानी रहेको छ ।

चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, मोनिका गुरुङ, रुपा पुन, रितेश चाम्स, जेन बकल, हुप थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो