सँगै काम गर्न पाउँदा भ्रम जोडीले गरे एक अर्काको तारिफ


Filmy Kura, Jan 1, 2017 at 1:27 pm

चलचित्र ‘भ्रम’ जोडीले एक अर्काको खुलेरै तारिफ गरेका छन् । नेवारी फिल्मकी चर्चित हिरोइन भिन्तुना जोशीलाई अभिनेता कर्म शाक्य सँग पहिले देखि सँगै काम गर्ने ठूलो इच्छा रहेछ । जब कर्मले ‘सानो संसार’ बाट डेव्यू गरे त्यहि फिल्म देखि नै भिन्तुना कर्मको फ्यान समेत हुन पुगिन् । कारण हो कर्मको अभिनय क्षमता । त्यसो त यता कर्मले पनि भिन्तुना सँग पहिले देखि चिनजान भएपनि सँगै काम गर्ने मौका कुरिरहेका थिए । तर जुरिरहेको थिएन । जब ‘भ्रम’ फिल्म नेवारी भाषामै निर्माण गर्ने कुरा भयो । त्यसपछि आर्टिस्ट चुज गर्दा यी दुई निर्माण यूनिटको रोजाईमा परे ।

कर्म भन्छन्, ‘सुरुमा नेवारी भाषामा भ्रम निर्माण गर्ने तयारी गरेपनि विषयवस्तु र कथा उत्कृष्ट भएपछि नेपाली मै गर्ने तयारी निर्माण पक्षले ग¥यो । को–आर्टिस्ट को हुने भन्दा भिन्तुना जोशी भन्ने जब मैले उत्तर पाए त्यसपछि अझ फिल्ममा काम गर्ने उर्जा मिल्यो । किनकी भिन्तुना जि नेवारी फिल्मकी स्थापित कलाकार हुनुहुन्थ्यो ।’ सस्पेन्स थ्रिल जनराको फिल्म हेर्ने दर्शकको निमित्त ‘भ्रम’ मसलेदार भएको कर्मको भनाई छ । भिन्तुना जोशीले पनि फिल्मले जून विषय उठाएको छ त्यसमा क्यारेक्टरको हिसाबले सबै कलाकारले निकै मिहेनत गरेको बताएकी छिन् । मृत आत्माले सताउने मूल विषय उठान गरेको फिल्ममा प्रेमका खास कुराहरु पनि हेर्न पाइनेछ ।

त्यसो त फिल्म रिलिज निर्माण सम्पन्न भएको दुई वर्ष पछि हुन लागेको हो । फिल्म रिलिजको चाँजो पाँजो मिलाउँदा कहिले भूकम्प त कहिले नाकाबन्दीको मार खेप्नु परेपछि रिलिज पेन्डिङ भएको हो । कर्म र भिन्तुनाले फिल्मबाट केही बढी आशा लिएका छन् । मुटु दरो गरेर फिल्म हल जानका लागि समेत यी दुई कलाकारको आग्रह छ । कारण हो फिल्म हेरिरहदा डर र त्रास उति नै मनमा उत्पन्न हुन सक्छ । काल्पनिक घटना फिल्मले उठान गरेको भएपनि पर्दामा हेर्दा त्यो वास्तविक झै लाग्ने कर्म र भिन्तुनाको विश्वास छ ।

पौष २२ गतेदेखि अल नेपाल रिलिज थालनी गर्ने ‘भ्रम’ लाई रविन्द्र शाहीले निर्देशन गरेका हुन् । श्याम ल्वागुण र सुरेश घमालको लगानी रहेको फिल्ममा गोविन्द प्रभातको नृत्य, कुमार महर्जनको द्धन्द्ध र रक्की धसुको संगीत रहेको छ । कर्म र भिन्तुनाको अलवा फिल्ममा खुश्वु खड्का, सञ्जिव विक, सुरेश घमाल लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो