ह्याप्पी न्यू इयरमा कुशल लभर ब्वाई, अष्ट्रेलियामा को सँग गरे मस्ती ?


Filmy Kura, Jan 1, 2017 at 2:29 pm

नायक कुशल थापा ‘ह्याप्पी न्यू इयर’ फिल्ममा लभर ब्वाईको रुपमा प्रस्तुत भएका छन् । सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको यस फिल्मको केही दिन अघि पोस्टर आउट गरिएको थियो ।

फिल्ममा कुशलले सन्ध्या केसी सँग अनस्क्रिन रोमान्स गरेका छन् । पुकार गौतम यो फिल्मको अर्का शीर्ष कलाकार हुन् । यस अघि केही फिल्ममा अभिनय गरेका कुशलको यो आफ्नै होम प्रोडक्शनमा तयार भएको फिल्म हो । एज् अ प्रोडुसरको रुपमा काम गर्न पाउदा फरक अनुभव बटुलेको उनले फिल्मीकुरालाई बताए ।

फिल्म राम्रो बनाउने कोशिस गरेको बताउने नायक तथा निर्माता थापालले हलिउडको जतिकै मिहेनत यस फिल्ममा लगाएको दाबी गरे । फ्रेस लोकशनमा छायांकन गरिएको फिल्मबाट दर्शकले पर्याप्त मनोरञ्जन लिन सक्ने उनको कथन थियो । आगामी नयाँ वर्ष २०७४ सालको बैशाख १६ गते फिल्म प्रदर्शन गराउने तयारी निर्माण पक्षको छ । यतिबेला फिल्मको पोष्ट प्रोडक्शनको काम भइरहेको छ ।

चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो