हिरो बिनाका दुई हिरोइन, कस्तो आउला परिणाम ?


Filmy Kura, Jan 2, 2017 at 6:05 pm

सोमबार बिहानी समय । पौषको महिना । चिसो निकै बढेको थियो । पहेलो ड्रेसमा नवनायिका झरना रिसाल अनामनगरको एक रेष्टुरेन्टमा कसैको पर्खाइमा थिइन् । उनको ड्रेसअप हेर्दा जाडोलाई कसरी सहिरहेकी छिन् जस्तो लाग्थ्यो । हाफ् बाउलामा झरनाको हेराई निकै ध्यान खिच्ने खालको थियो । एकै छिनमा आइपुगिन् अर्कि हिरोइन सारिका घिमिरे । तर उनी भने जाडोमा शरीरलाई न्यानो राख्न स्विटर र पाइन्टको साथमा उपस्थित थिइन् ।

यी दुईले हिरो आउलान् कि भनेर बाटो हेरिरहे । तर विडम्बना यी दुईको रिल हिरो सो स्थानमा घण्टौ कुर्दा पनि आएनन् । त्यसपछि साउन्ड सिस्टमा एउटा आवाज गुञ्जियो । ‘तपाईहरु उपथित सबैलाई हार्दिक स्वागत छ’ कार्यक्रम सञ्चालक बोले । रंग पत्रकार खुसी भए । कारण थियो एक घण्टा ढिलो भएपनि कार्यक्रम सुरु भयो भनेर । अमेरिकामा रहेका हिरो मुकेश ढकाल समारोहमा आउन सक्ने सम्भावना थिएन । अर्का हिरो किसन सुनार पनि समारोहमा देखिएनन् । यो माहोल थियो माघ २१ रिलिज फिल्म ‘परिणाम’ प्रेस मिटको । फिल्म तयार भएपछि गरिएको पहिलो पत्रकार भेटघाटमा शीर्ष दुई हिरो नभएपनि हिरोइनले भने खुलरै आफ्ना कुरा राखे ।

झरनाले मिडियासामु भनिन्, ‘यो फिल्म नारी प्रधान हो । जसमा मैले गरेको रोल समाज देखि अरु व्यक्ति देखि डराउने नर्भस हुने खालको छ ।’ उनले यी शब्द बोलिरहदा रियल मै नर्भसपना देखिन्थ्यो । सायद मिडियाकर्मी सँग कम साक्षात्कार भएर पनि हुन सक्छ । अर्कि नायिका सारिका घिमिरेले पनि फिल्मले नारीको ओकालत गरेको बताइन् । ‘नारी कमजोर छैन । उसले पनि हरेक कार्य गर्न सक्छे । महिला आफैमा शक्तिशाली छन् भनेर यो फिल्मले उजागर गरेको छ’, उनले खुलस्त पाराले भनिन् ।

फिल्मको परिणाम कस्तो आउला त ? भन्ने प्रश्नमा निर्माण यूनिट भने अडियन्सबाट सकारात्मक प्रतिक्रिया मिल्नेमा ढुक्क छ । हरि पराजुली यो फिल्मका निर्माता तथा निर्देशक हुन् । नारायण घिमिरेले लेखेको फिल्ममा एनबी महर्जन र कुमार महर्जनको द्धन्द्ध, कृष्ण बस्नेतको संगीत र शिव ढकालको छायांकन रहेको छ । फिल्ममा मुकेश ढकाल, सारिका घिमिरे, झरना रिसाल, किसन सुनार, असिम शेर्पा, मुक्ति उपाध्याय, दिलकुमार क्षेत्री, चन्दन गोस्वामी, सञ्जय न्यौपाने लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो