सम्झनामा विष्णुभक्त, श्रद्धान्जली दिन पुगेका कलाकारको थामिएन आशु


Filmy Kura, Jan 4, 2017 at 4:11 pm

यो दृश्य हो प्रज्ञा प्रतिष्ठानमा बरिष्ठ कलाकार स्व. विष्णुभक्त फुयाँललाई श्रद्धान्जली दिन आएका कलाकर्मीको । कस्तो अचम्मको संयोग ? कलाकार फुयाँलले जून क्षेत्रमा आफ्नो जीवन व्यतित गरे सोही क्षेत्रमा अन्तिम श्वास लिए ।


पौष १९ गते मंगलबार राष्ट्रिय नाचघरमा उनी ‘महर्षी याज्ञबल्क्य’ नाटकमा राजा जनकको भूमिका निभाइरहेका थिए । एक्कासी उनको स्वास्थ्यमा समस्या देखिएपछि वीर हस्पिटल लगियो । तर कलाकार फुयाँलले नाचघरमा लिएको स्वास नै अन्तिम पटकको स्वास हुन पुग्यो । ७९ वर्षिय कलाकार विष्णुभक्त फुयाँलको निधन हृदयघातका कारण भएको वीर हस्पिटलका डाक्टरले पुष्टि गरेका छन् । अन्तिम श्रद्धान्जलीका लागि बुधबार उनको पार्थिव शरीरलाई कमलादी स्थित प्रज्ञा प्रष्ठिानमा राखिएको थियो । उनलाई श्रद्धान्जली दिन रंगकर्मी देखि कलाकार सो स्थान पुगेका थिए । विष्णुभक्तको निधनमा सबै कलाकर्मीको आखा रसाए । आसु नझरोस् पनि किन, सरल स्वभावका मिजासिला फुयाँल सबै सँग समान व्यवहार गर्ने कारण नै हरेकको प्रिय थिए ।


तीन छोराका पिता विष्णुभक्तले २०० भन्दा बढी सानो पर्दाका र ४० भन्दा बढी ठूलो पर्दाका चलचित्रमा अभिनय गरेका छन् । यति मात्र होइन कलाकार फुयाँलले पाँच सय भन्दा बढी नाटकमा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेका छन् । उनी लामो समयदेखि यूरिक एसिड र सुगर रोगबाट पीडित थिए । जीवन्त अभिनय क्षमता भएका फुयाँल हास्य शृङ्खला ‘तीतो सत्य’ खेलेपछि भने सबैमाझ परिचित बनेका थिए । फुयाँलको शवलाई आजै साँझ पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो