लुट २ को दमदार ट्रेलर आउट, मोबाइलमा छाए हाकु र गोफ्ले


Filmy Kura, Jan 6, 2017 at 8:06 am

फिल्म ‘लुट २’ को दमदार ट्रेलर आउट भएको छ । १२ घण्टा नबित्दै युट्युवमा २ लाख बढी भ्यूअर्स भएको ट्रेलरमा केही नयाँपन पाउन सकिन्छ ।

बिहीबार साँझ राजधानीमा रहेको क्यूज हलमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । समारोहमा चलचित्रकर्मी तथा पत्रकारले हल हाउसफूल भएको थियो । आमन्त्रित चलचित्रकर्मी तथा पत्रकारले ट्रेलरलाई मन पराए ।

समारोहमा बोल्दै ‘लुट २’ निर्देशक निश्चल बस्नेतले पार्ट वानमा जस्तो छाडा शब्दको प्रयोग टुमा निकै कम गरेको बताए । फिल्मको कामको चापले गर्दा प्रेसर लो भएर आफू विरामी भएको समेत उनले सबैलाई अवगत गराए । उनकै पर्खाइका कारण कार्यक्रम ढिलो सुरु भएको थियो । हस्पिटलबाट सिधै कार्यक्रम स्थल आएका निश्चलले फिल्म हाकु काले पात्रको वरिपरि घुम्ने बताए ।

निर्माता माधव वाग्लेले भने निकै उत्साहित हुँदै ‘लुट २’ ले ‘छक्का पञ्जा’ को व्यापार ब्रेक गरेको हेर्न मन भएको बताए । उनले भने, ‘छक्का पञ्जाले १६ करोडको व्यापार ग¥यो मेरो फिल्मले १७ करोड गरोस् भन्ने लागेको छ ।’ चलचित्रका अभिनेता सौगात मल्लले सबै फिल्म आफ्ना लागि उतिकै बराबरी भएको भन्दै पार्ट टुमा जोडिन पाउँदा खुसी लागेको भनाइ राखे । अन्य कलाकार भने सुटिङमा व्यस्त रहेका कारण अनुपस्थित थिए । फिल्ममा सौगात सहित दयाहाङ राई, कर्म शाक्य, ऋचा शर्मा, अलिशा राई लगायतको अभिनय रहेको छ ।

‘लुट’ फिल्मबाट क्लिक भएका पात्र हाकु काले र गोफ्लेलाई एक मोबाइल एप्समा पाउन सकिने भएको छ । ‘हाकु रन’ नाम दिएको उक्त एप्सलाई एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरमा गई इन्स्टल गरेर मोबाइलमा राख्न सक्नेछन् । यो एक प्रकारको गेम हो ।

हेर्नुस् ट्रेलर मनपर्न सक्छ यहाँलाई


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो