९० हजारको लाइटमा हट माला सँग निर्देशकको मस्ती (फोटो सहित)


Filmy Kura, Jan 7, 2017 at 3:05 pm

शनिबार ‘लुट’ निर्देशक निश्चल बस्नेत ललितपुरको च्यासलमा भेटिए । उनको साथमा थिइन् हट अवतारमा माला लिम्बु । यी दुईले कोरियोग्राफर कविराज गहतराजको निर्देशन बमोजिम एक आइटम गीतमा उत्कृष्ट नृत्य गर्ने प्रयास गरिरहेका थिए ।


ललितपुरको च्यासल खेल मैदान नजिकै भव्य सेट लगाएर शुक्रबार देखि सुरु भएको ‘पर्व’ फिल्मको एक गीत सुटिङ शनिबार पनि जारी रह्यो । ‘काले काले’ बोलको गीतमा काले निश्चल र माला नाचिरहेको दृश्यलाई क्यामेरामा कैद गर्दै थिए राजेश श्रेष्ठ । छेउमै थिए ‘पर्व’ निर्माता सुवास गिरी । उनी भन्दै थिए, ‘यो भव्य सेटमा लाइट निकै महंगो पर्न गयो । एक दिन यूज गरेको भाडा मात्रै ९० हजार ।’ ३५ दिनको सेड्यूलमा तयार हुने सस्पेन्स् थ्रिल कथा समावेश ‘पर्व’ लाई दिनेश राउतले निर्देशन गर्दैछन् ।

 
टिभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा चलचित्रको निर्माण हुँदैछ । फिल्ममा नायिका नम्रता श्रेष्ठको साथमा नायक तथा गायक कोशिश क्षेत्री र माला लिम्बु शीर्ष भूमिकामा रहेका छन् । फिल्म आगामी चैत्र २५ गते रिलिज गरिने निर्माण पक्षले जनाएको छ । सुटिङरत आइटम नम्वर भने छिट्टै दर्शकले हेर्न पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो