गम्भिर मुद्रामा देखिएका एक्ला दयाले के लाल्टिन बाल्न सक्लान ?


Filmy Kura, Jan 7, 2017 at 3:43 pm

न्याचुरल एक्टिङ गर्न सक्ने खुबी भएका दयाहाङ राई निकै गम्भिर मुद्रामा देखिएका छन् । उनको यो गाम्भिर्यता ‘लाल्टिन’ फिल्मको हालै सार्वजनिक अफिसियल पोस्टरमा देख्न सकिन्छ ।

भानु प्रताप प्रस्तुत फिल्मको पोस्टरमा अन्य कलाकारको टाउको भने अटाउन सकेन । यस हिसाबमा ‘लाल्टिन’ बाल्न दयाहाङ एक्लै सक्छन् भन्ने विश्वास निर्माण टिममा भएको हुनसक्छ । त्यसो त दयाहाङले अभिनय मार्फत नै आफूलाई एउटा ब्राण्डेड कलाकारको रुपमा स्थापित गरिसकेका छन् । डान्समा कमजोर भएपनि दयाले अभिनय मार्फत जुनसुकै पात्रलाई जीवन्तता दिन सक्ने कारण नै उनी निर्माताको पहिलो रोजाई हुने गरेका छन् ।

चैत्र १८ देखि अल नेपाल रिलिज हुने ‘लाल्टिन’ ले कतिको उज्यालो दिन सक्ने हो त्यसका लागि पर्ने प्रतिक्षा गर्नैपर्ने हुन्छ । लोडसेडिङ मुक्त उपत्यकाबासीले ‘लाल्टिन’ हेर्न कतिको मन गर्लान् अर्को विषय त छदैनी छ । तथापी निर्माण पक्षले चलचित्रमा समावेश गरिएको एक्सन, लभ, कमेडी र रोमान्सको समिश्रणले फिल्म पूर्ण मसलेदार बनेको दाबी गरेको छ ।

दयाको अलवा फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । ‘लाल्टिन’ मा लगानी गर्ने काम अनिम श्रेष्ठ र राज केसीले गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो