धुर्मुस सुन्तलीलाई १ लाख राशीको सामाजिक सेवा पुरस्कार प्रदान


Filmy Kura, Jan 8, 2017 at 12:14 pm

हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई १ लाख रुपैयाँ राशीको सामाजिक सेवा पुरस्कार प्रदान गरिएको छ । पछिल्लो समय समाज सेवामा होमिएका यी दुईको कामको कदर गर्दै चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले यो पुरस्कार प्रदान गरेको हो ।

संस्थाले आफ्नो १५ औँ साधारण सभाको अवसरमा धुर्मुस सुन्तलीलाई सो पुरस्कार बाँडेको थियो । संस्थाका अध्यक्ष शिव शंकर मानन्धरले सम्मान पत्र सहितको रकम धुर्मुसको हातमा थमाएका थिए । आफ्नो कामको मूल्यांकन गरी सामाजिक सेवा पुरस्कार दिएकोमा धुर्मुसले संस्थाका सम्पूर्ण पदाधिकारी प्रति आभार प्रकट गरे ।

एकीकृत नमुना बस्ती निर्माणमा निरन्तर लागिपरेका धुर्मुस सुन्तलीले यतिबेला महोत्तरी जिल्लामा पर्ने एक विकट समुदायमा पुगेर मुसहर बस्ती बसाल्दैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो