गीतकारको दर्दनाक पीडामा तक्मेले उतारे गायकको अहम (भिडियो सहित)


Filmy Kura, Jan 8, 2017 at 12:53 pm

संगीत क्षेत्रमा दुई दशक लागेर स्थापित भइसकेको एउटा गायकले कति सम्मको अहम गर्छ भन्ने कुरा विल्सन विक्रम राई उर्फ तक्मे बुढाले उतारेका छन् । एक भिडियोमा तक्मेले गायकको उक्त घमण्ड र मै हुँ भन्ने भाव झल्कने हाउभाउ सहितको अभिनय गरेका छन् ।

‘म को हो ?’ शीर्षक दिइएको उक्त व्यङ्ग्यात्मक भिडियोलाई धेरैले रुचाएका छन् । जसमा विल्सन सँगै सुदिप खतिवडा र राजेश घतानीले अभिनय गरेका छन् । भिडियोमा मार्केटमा चलेको एक गायकले नयाँ गीतकारलाई गर्ने व्यवहार, हेर्ने दृष्टिकोण देखाउन खोजिएको छ । गायकको रुपमा तक्मे आफै प्रस्तुत भएका छन् भने गाउँबाट शब्द कोरेर शहरमा आफूलाई मनपर्ने गायकको आवाजमा गीत रेकर्ड गराउने सपना बोकेर आएको एक नव गीतकारको भूमिकामा कलाकार सुदिप खतिवडाले अभिनय गरेका छन् ।

हेर्नुस् तपाई पनि भिडियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो