थर प्रति कर्मको आपत्ती, मुख छोडेर गाली नगर्न दर्शकलाई आग्रह (भिडियो)


Filmy Kura, Jan 9, 2017 at 12:13 pm

कलाकार कर्मले थर प्रति आपत्ती जनाएका छन् । उनले कर्मको पछाडि शाक्य भन्ने वर्ड नजोडि दिन समेत अनुरोध गरेका छन् ।

फिल्मीकुरा टिभीको अन्तर्वार्तामा उनले भनेका छन्, ‘म मात्र कर्म हुँ । कसैले शाक्य भनेको सुन्छु । कसैले शेर्पा भन्छ । कसैले श्रेष्ठ भनिराको हुन्छ । नामको पछाडि अनेक पुच्छर जोडेको मलाई मन पर्दैन । यहि कुरा म १० वर्ष अघि देखि भन्दै आइरहेको छु तर पनि किन बुझ्दैनन् ?’

‘सानो संसार’ फिल्मबाट नेपाली रजतपटमा पाइला राखेका कर्मले पत्रकारबाट नै शाक्य, श्रेष्ठ, शेर्पा जस्ता पुच्छर झुन्ड्याइ दिने काम भएको बताए । केही कुरा भएरै थर गोप्य राखेको बताउने कर्मले त्यसको खास रहस्य भने खोल्न चाहेनन् । अर्को एक प्रसंगमा उनले फिल्म फ्लप् हुँदा कलाकारलाई दर्शकले मुख छोडेर गाली गर्ने संस्कार बढ्दै गएको स्विकार गरे । उनले महिला कलाकार त्यसको सिकार हुने गरेको बताउदै मुख छोडेर गाली नगर्न दर्शकलाई आग्रह गरेका छन् ।

उनी अभिनित फिल्म ‘लभ सासा’ पौष २८ बाट रिलिज हुँदैछ । पहिलो पटक पर्दामा अभिनेत्री केकी अधिकारी सँग एकसाथ काम गर्न पाउँदा खुसी लागेको कर्मले बताए । ‘हो हामी यो फिल्म गरे सँगै निकै नजिक पनि भएका छौ । मित्रता अझ प्रगाढ बनेको छ ।’ उनले थपे, ‘हाम्रो यो जोडीलाई दर्शकले पर्दामा रुचाउनु हुनेछ भन्ने कुरामा आशावादी छु । बाँकी दर्शकको हातमा छ ।’

हेर्नुुस् कलाकार कर्म सँग गरिएको अन्तर्वार्ता


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो