लेक साइडले अझ साइड लगाउन सक्छ जीवन र नीतालाई


Filmy Kura, Jan 9, 2017 at 1:46 pm

आफू अभिनित फिल्म रिलिज हुँदा पब्लिसिटीमा एक शब्द नखर्चिनाले नायिका नीता ढुंगानाको ‘त म र ऊ’ सुपर फ्लप हुन पुग्यो । जून फिल्म केही समय पहिले मात्र रिलिज भएको थियो । त्यसो त फिल्मीकुराले यहाँ पब्लिसिटीमा कलाकार हिड्दैमा फिल्म भयङ्कर सफल हुन्छ भन्न खोजेको होइन । तथापी केही हद सम्म भएपनि कलाकारले आफ्नो फिल्मको बारेमा बताउँदा अडियन्समा अझ उत्सुकता थपिने र हल सम्म आउने माहोल भने अवश्य नै हुन्छ । तर पछिल्लो समय आफैले अभिनय गरेको फिल्म फ्लप हुन्छ भन्ने संकेत मिलेपछि कलाकारहरु पब्लिसिटीमा हिड्नु भन्दा घरमै बसेर आफूलाई व्यस्त देखाउन लागिपरेका छन् ।

यसैबीच प्रेम सम्बन्धबाट धोका पाएकी नायिका नीता र फिल्मी करियरबाट ओरालो लाग्दै गरेका अभिनेता जीवन लुइँटेलले सँगै अभिनय गरेको फिल्म ‘लेक साइड’ दर्शकमाझ आउने तयारीमा छ । फिल्म भन्दा विदेश घुमघाममा बढी सक्रिय छन् जीवन । उनी अभिनित पछिल्ला रिलिज फिल्म हलमा लागेको दुई तीन दिन भित्रै साफ भएको सबैलाई अवगत नै छ । यस हिसाबमा ‘लेक साइड’ फिल्मले दर्शकको मन जित्न सकेन भने यी दुई नै फिल्म क्षेत्रबाट साइड लाग्नुपर्ने अवस्था पनि आउन सक्छ । माघ २८ देखि रिलिज हुने भनिएको यो फिल्मको लागि जीवन र नीताले कतिको समय खर्चिएलान त ? करिब एक महिनाको समय बाँकी रहेको छ ।

यो चलचित्रलाई राजु अधिकारीले निर्देशन गरेका हुन् । पोखराको लेकसाइडमा बस्दै आएका एक युवाको सांगीतिक करियरको कथामा निर्माण भएको फिल्ममा जीवन र नीता सँगै दीपक ढकाल र एन्जल ढुंगानाले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो