RJ हुन चाहान्थिन् केकी, नाम चेन्ज गरी गरी फोन गर्थिन् रेडियोमा (भिडियो)


Filmy Kura, Jan 10, 2017 at 1:29 pm

अभिनेत्री केकी अधिकारीले कुनै समय आफूमा आर.जे. हुने ठूलो चाहना रहेको रहस्य खोलेकी छिन् । पौष २८ रिलिज फिल्म ‘लभ सासा’ कि अभिनेत्री केकीले प्लस टु अध्ययन पूर्व ज्यादै रेडियो सुन्ने गरेको र फोन पनि त्यति नै मात्रामा गर्ने गरेको बताएकी हुन् ।

त्यसो त उनको आर.जे. बन्ने सपना भने साकार हुन सकेन । प्लस टु जोएन भए सँगै उनी म्युजिक भिडियो खेल्न तर्फ लागिन् । मोडलिङमा आउनु अघि रेडियोको नियमित श्रोता मात्र नभइ कलर समेत आफू भएको केकीले फिल्मीकुरा टिभी सँग अन्तर्वार्ताको क्रममा सेयर गरेकी हुन् ।

उनले भनेकी छिन्, ‘काठमाडौंका प्राय सबै रेडियोमा मैले फोन गर्थे । रेगुलर कलर भएपछि कार्यक्रम प्रस्तोताले पनि चिन्थे । थुप्रै पुरस्कार समेत जितेको छु मैले । धेरै पटक मैले नाम चेन्ज गरी गरी रेडियोमा फोन गरेको छु । कहिले प्रसंसाको नाममा त कहिले कसको नाममा ।’ रेडियो सुनेर फोन गर्ने गरेपनि पढाईलाई भने सधैँ प्राथमिकतामा राखेर अघि बढेको उनको भनाइ छ । होमवर्क छिटो सकाउनेमा वल्र्ड कै नम्वरवान स्टुडेन्टमा आफू पर्ने केकीले बताएकी छिन् । सायद यही कारण पनि हुन सक्छ उनले कहिले क्लासमा दोस्रो हुनु परेन ।

म्युजिक भिडियोमा व्यस्त हुन थालेपछि भने उनले रेडियोमा फोन गर्न छोडिन् । अनि बदलियो उनको यात्रा । त्यसपछि फिल्म खेल्ने चाहाना तिब्र हुन थाल्यो । ‘स्वर’ फिल्मबाट नेपाली रजतपटमा अभिनेत्री केकीले पाइला राखिन् । त्यसपछि केकीले पछाडि फर्केर हेर्नु पर्ने अवस्था आएन । भलै केकीले खेलेका फिल्म व्यापारिक रुपमा असफल सावित भए होलान् तर उनको अभिनयको तारिफ भने दर्शकले दिल खोलेर गर्ने गरेका छन् ।

केकी पहिला जून रेडियोमा फोन गरेर गफिन्थिन् आज तिनै रेडियोमा अन्तर्वार्ताको दौरानमा पुगिसकेकी छिन् नायिकाको रुपमा । आज यो विन्दु सम्म आइपुग्दा थुप्रै उपलब्धि हासिल गरेको उनको अनुभव छ । त्यसो त यहाँ दशौ वर्ष संघर्ष गर्ने नायिका अझै अपरिचित नै छन् तर केकीले भने ७ वर्ष फिल्म इन्ड्रष्टिजमा एउटा लेभलको कलाकार बनेर देखाइसकेकी छिन् ।

हेर्नुस् उनी सँग गरिएको रोचक र विचारउत्तेजक टक शो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो