सारङ्कको फस्ट लुक, ट्रेलर र गीत सार्वजनिक, विरेन्द्रले गरेका हुन् निर्देशन


Filmy Kura, Jan 10, 2017 at 4:44 pm

चलचित्र ‘सारङ्क’ को फस्ट लुक, ट्रेलर र गीत सार्वजनिक गरिएको छ । आज राजधानीमा पत्रकार तथा सञ्चारकर्मी भेट गर्दै निर्माण यूनिटले आफ्नो पब्लिसिटी म्याटर आउट गरेको हो ।

शुभम सिने क्रिएसन र एम आर्ट थिएटरको ब्यानरमा निर्माण भएको यस फिल्मलाई विरेन्द्र हमालले निर्देशन गरेका हुन् । जो यो फिल्मका निर्माता समेत हुन् । अभिनय प्रशिक्षक समेत रहेका विरेन्द्रले फिल्ममा नवकलाकारलाई प्रस्तुत गरेका छन् । हामीले देश सँग माग्ने भन्दा पनि के दिन सकियो भनेर मूल्यांकन गर्नुपर्छ भन्ने मुख्य विषय यस फिल्मले उठान गरेको छ ।


चलचित्रमा सपना सिंह ठकुरी, सुवर्ण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । दक्षिण एसियाकै पहिलो महिला द्धन्द्ध निर्देशक किरण दाहालको चलचित्रमा द्धन्द्ध निर्देशन रहेको छ । यस अघि मुख्य सहायक द्धन्द्ध निर्देशक भएर काम गरेकी किरण दाहाललाई बिरेन्द्रले ब्रेक दिए सँगै उनले दक्षिण एसियाकै पहिलो द्धन्द्ध निर्देशकको रुपमा आफ्नो नाम कोर्न सफल भएकी छिन् । त्यसो त द्धन्द्ध निर्देशनमा महिलाको संख्या नगन्य रहेको छ ।

काठमाडौं, नेपालगञ्ज, मुस्ताङ लगायतका रमणीय स्थानमा छायांकन गरिएको यस फिल्ममा सागर सिंह ठकुरीको पटकथा तथा संवाद रहेको छ । गौतम राज खड्काले सम्पादन गरेको फिल्मलाई विष्णु अघोरीले खिचेका हुन् । चलचित्र चाडै रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो