लभ सासा प्रिमियरमा जे देखियो (फोटो फिचर सहित)


Filmy Kura, Jan 11, 2017 at 1:36 pm

पौष २८ देखि अल नेपाल रिलिज हुने फिल्म ‘लभ सासा’ को मंगलबार राजधानीको कुमारी हलमा विशेष प्रिमियर शो गरियो । जहाँ उल्लेख्य मात्रामा चलचित्रकर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो ।


लभस्टोरी जनराको फिल्मलाई यस अघि ‘भिजा गर्ल’ निर्देशन गरेका प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् । माधव वाग्लेको फिल्ममा लगानी रहेको छ । प्रिमियर शो मा चलचित्रकी अभिनेत्री केकी अधिकारी अर्थात सासा मुख्य आकर्षण बनिन् । रातो वान पिसमा आएकी केकी निकै सुन्दर देखिन्थिन् । उनका सहपाठी प्रियंका कार्की, निशा अधिकारी, ऋचा शर्मा, स्वस्तिमा खड्का, बेनिशा हमाल, रिमा विश्वकर्मा, वर्षा राउत प्रिमियर हेर्न पुगेका थिए । यी सबैले एकसाथ पोज दिएर फोटो खिचाए ।


विदेशको दुई महिने बसाई पछि नेपाल आएकी प्रियंकाले क्यामेरा अगाडि आफूलाई बोल्ड रुपमा प्रस्तुत गरिन् । फिल्मका अभिनेता कर्म र आशिफ शाह पनि माहोल देखेर दंग थिए । पौष २८ मै रिलिज फिल्म ‘किङ’ कि अभिनेत्री बेनिशा हमालले भने केकीलाई किस गर्दै आत्मियता प्रकट गरिन् ।


चलचित्र हेरिसकेपछि अधिकांशले कलाकारको कामको तारिफ गरेका थिए । नयाँ स्वादको प्रेमभाव झल्कने फिल्मको रुपमा ‘लभ सासा’ लाई प्रिमियर हेर्ने चलचित्रकर्मीले औल्याए । यो फिल्ममा अतिथि भूमिकामा लेखक बुद्धि सागर समेत देखिएका छन् ।

तस्बिर – आशिष तामाङ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो