निखिलको निर्भय लुक्स, रेखाको डायरी सँग हुनेछ प्रतिस्पर्धा


Filmy Kura, Jan 11, 2017 at 2:50 pm

एक्सन हिरो निखिल उप्रेती अभिनित फिल्म ‘निर्भय’ को पोस्टर तथा रिलिज मिति सार्वजनिक गरिएको छ । हाल सार्वजनिक गरिएका तीन पोस्टरमा निखिलको भिन्न अवतार देख्न सकिन्छ ।


निर्माण पक्षले ‘निर्भय’ लाई चैत्र ११ गते रिलिज मिति तोकेको छ । यो मितिमा रेखा थापा अभिनित फिल्म ‘डायरी’ पनि रिलिज हुँदैछ । यस अर्थ पर्दामा दुई सुपरस्टारको प्रतिस्पर्धा हुने पक्का देखिएको छ । त्यसो त यतिबेला रेखा फिल्म भन्दा ज्यादा राजनीतिमा सक्रिय छिन् ।


‘निर्भय’ लाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा निखिल सँगै नीता ढुंगाना, विकास चापागाई र प्रज्वल गिरीको शीर्ष भूमिका रहेको छ । चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् जसमा हिमाल केसीको द्धन्द्ध, अर्जुन पोरखेल र ताराप्रकाश लिम्बुको संगीत तथा रामजी लामिछानेको नृत्य रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो