निखिलको किङ सँगै सौगातको शब्द र केकीको लभ सासा रिलिज


Filmy Kura, Jan 12, 2017 at 11:14 am

माघे संघ्रान्तीलाई लक्षित गर्दै तीन भिन्न स्वाद र शैलीका फिल्मले बिहीबार देखि रिलिजको थालनी गरेका छन् । पौष २८ देखि रिलिज भएका ती तीन फिल्म हुन् ‘किङ’, ‘शब्द’ र ‘लभ सासा’ ।

स्टारकास्टको कुरा गर्ने हो भने ‘किङ’ मा एक्सन हिरो निखिल उप्रेती रहेका छन् । उनी सँगै फिल्ममा अनुपविक्रम शाही र बेनिशा हमालको शीर्ष भूमिका छ । यता ‘शब्द’ लाई धानेका छन् भर्सटायल एक्टर सौगात मल्लले । उनको अलवा फिल्ममा कमली वाइवा, रोयदिप श्रेष्ठ र अनुभव रेग्मीको अभिनय रहेको छ । उता विसुद्ध प्रेम कथामा आधारित फिल्म ‘लभ सासा’ लाई भने केकी अधिकारी र कर्मले लिड गरेका छन् ।

स्वभाविक रुपमा तीन फिल्म जुध्दा हल बाडिएका छन् । एक्सन प्रधान फिल्म ‘किङ’ लाई सविर श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । जसमा जयन श्रेष्ठको लगानी रहेको छ । यता डेव्यू डिरेक्टर सन्तोष शिवाकोटीको निर्देशन रहेको चलचित्र ‘शब्द’ मा भने छिरिङ दोर्जे लामा र विष्णु कुमार थेवेको लगानी रहेको छ । यस अघि ‘भिजा गर्ल’ निर्देशन गरेका प्रचण्डमान श्रेष्ठको दोस्रो निर्देशकीय फिल्म हो ‘लभ सासा’ जसमा माधव वाग्लेले लगानी गरेका छन् ।

सिंगल स्क्रिनमा निखिल अभिनित फिल्मको दबदबा रहने अनुमान गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै दुई देखि तीन नेपाली फिल्म जुध्नु पछिल्लो समय सामान्य जस्तै बनिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो