माघ १४ गते चलचित्र मार्फत भाग्य कोर्दै विकास


Filmy Kura, Jan 12, 2017 at 12:25 pm

चलचित्र ‘भाग्य आ–आफ्नो’ रिलिज हुने भएको छ । यो फिलम आगामी माघ १४ गतेबाट अल नेपाल रिलिज हुने कुरा निर्माण पक्षले फिल्मीकुरालाई जानकारी गराएको छ ।

समीर मिया निर्देशित फिल्म हो ‘भाग्य आ–आफ्नो’ । टाइटलबाट नै प्रष्ट हुन्छ कि यो फिल्मले भाग्यमा लेखेको मात्र पाइन्छ देखेको पाइदैन भन्ने कुरालाई पर्दामा उठान गरेको छ भनेर । इभा फिल्मस्को दोस्रो प्रस्तुती हो चलचित्र ‘भाग्य आ–आफ्नो’ । जसमा शीर्ष भूमिका सम्हालेका छन् विकास शाक्यले । विकास आफैले चलचित्रको कथा, पटकथा तथा संवाद लेखेका छन् । यति मात्र होइन फिल्ममा लगानी समेत उनकै रहेको छ । विकासले यो चलचित्र रियल स्टोरी वेसमा रहेको बताएका छन् । उनी सँगै फिल्ममा भावना गुरुङ, रोशन श्रेष्ठ, लण्डनकी कलाकार तथा फायर डान्सर नाताशाको मुख्य भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो