४५ दिनको सेड्यूल रहेको हैरान खिच्न किन लाग्यो ६१ दिन ?


Filmy Kura, Jan 12, 2017 at 1:51 pm

निर्धारित सुटिङ सेड्यूल भन्दा १६ दिन बढी समय खर्चिएर ‘हैरान’ को छायांकन गरिएको छ । ४५ दिनको सुटिङ सेड्यूल रहेपनि फिल्म खिच्न ६१ दिन लागेको कलाकार गजित विष्टले जानकारी दिएका छन् ।

किन लाग्यो त बढी समय ? भन्ने प्रश्नमा गजित भन्छन्, ‘चलचित्रको विषयवस्तु नै गरुङ्गो भएकाले छायांकन मिति केही लम्बिएको हो । कतिलाई लाग्न सक्ला कान्छा निर्देशक सौगातले फास्ट काम गर्न सकेनन् भन्ने त्यस्तो होइन । विषयवस्तु कै कारण पूरा फिल्म खिच्न ६१ दिन लागेको हो । निर्धारित समय भन्दा बढी समय लागेपछि बजेट पनि केही बढेको छ ।’ हाल छायांकन सकाएर फिल्मको सम्पादन कार्य सुरु गरिएको कलाकार विष्टले फिल्मीकुरालाई जानकारी दिए ।

विश्वकै कान्छा निर्देशक सौगात विष्टको ‘हैरान’ दोस्रो निर्देशकीय सिर्जना हो । यस अघि उनले ‘लभ यू बाबा’ निर्देशन गरेर गिनिज बुकमा नाम लेखाएका थिए । ‘हैरान’ लाई भने सौगातले कमर्सियल रुपमा तयार पारेका छन् । यस फिल्ममा गजित विष्ट सहित निश्मा घिमिरे, सत्यराज आचार्य, पुष्कर रेग्मी, आरोही शर्मा, सागर लम्साल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा लगानी भने तीन व्यक्तित्व क्रमश मुक्ति घले, वाइ.एल. लामा र श्रृष्टि घिमिरेले गरेका छन् । ‘हैरान’ का लेखक भने गम्भिर विष्ट हुन् । निर्माण पक्षले यो फिल्म कमेडी, सस्पेन्स विषयमा आधारित रहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो