शब्द हेरेपछि फुच्चे स्टारलाई गरिन् प्रियंकाले चुप्पा


Filmy Kura, Jan 12, 2017 at 2:38 pm

अभिनेत्री प्रियंका कार्कीले राजधानीमा रहेको कुमारी हलमा आजबाट देशभर प्रदर्शन भएको फिल्म ‘शब्द’ हेरेकी छिन् । फिल्मको कलाकार अनुभव रेग्मी सँग एकसाथ फिल्म हेरेकी प्रियंकाले अनुभवलाई सुपरस्टारको संज्ञा दिएकी छिन् । उनले मेरो सुपरस्टार भन्दै अनुभवलाई चुप्पा गरेकी छिन् । अनुभव र प्रियंकाले यस अघि ‘नाइँ नभन्नू ल’ को सिक्वेलमा एकसाथ काम गरिसेकका छन् ।

कुमारीमा हाउसफूल भएको फिल्मको ओपनिङ निकै सुखद रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘शब्द’ मा सौगात मल्ल, अनुभव रेग्मी, कमली वाइवा लगायतको शीर्ष भूमिका रहेको छ । फिल्मलाई सन्तोष शिवाकोटीले निर्देशन गरेका हुन् । कास्की जिल्लाको सिकलेस भन्ने स्थानमा छायांकन गरिएको फिल्ममा गुरुङ समुदायको भेषभुषा र शैलीमा कलाकार प्रस्तुत भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो