छक्का पञ्जा पाइरेसी गर्नेले आत्महत्या गरेपछि के भने दीपकले ?


Filmy Kura, Jan 13, 2017 at 4:38 pm

हिट फिल्म ‘छक्का पञ्जा’ पाइरेसी गर्ने कृष्ण सुवेदी नामका एक युवाले आत्महत्या गरेपछि अहिले स्थिती असामान्य बनेको छ । नवलपरासी  घर भएका कृष्ण सुवेदीले गुगल ड्राइभको साहारामा फिल्म पाइरेसी गरेका थिए ।

‘छक्का पञ्जा’ पाइरेसीमा निर्माण यूनिट कै हात रहेको खुलेको छ । कृष्ण सुवेदी नाम गरेका यी युवा स्व. आर.पी भट्टराई ‘लाजालाम’ का छोराको साथी रहेको खुल्न आएको छ । यूरोप टुरमा रहेका दीपकले पाइरेसीमा संलग्न युवाले आत्महत्या गरेपछि लेखेका छन्, ‘यो मन बरु ढुंगा भए हुन्थ्यो । सबैको भलो चाहने व्यक्ति नै सबैभन्दा दुखी हुन्छ ।’ तर दीपकले यो विषयमा मिडियालाई आधीकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

आत्महत्या गरेका युवाको टिचिङ हस्पिटलमा पोष्ट मार्टम पछि दाहसंस्कारका लागि गृहजिल्लामा शव पठाइएको छ । गौशालमा बस्दै आएका ती युवाले आफ्नै कोठामा आत्महत्या गरका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो