सौगात र सृजनाको डाइङ क्यान्डल माघ २८ मा रिलिज हुने, यस्तो छ ट्रेलर


Filmy Kura, Jan 13, 2017 at 5:15 pm

चलचित्र ‘डाइङ क्यान्डल’ अर्थात निभ्न लागेको दियो शीर्षकको फिल्म यहि माघ २८ गते प्रदर्शनमा आउने भएको छ । क्विन्स वल्र्ड फिल्म फेस्टिभलमा छायांकन विधाको पुरस्कार हात पारेको यो फिल्मको ट्रेलर यूट्यूव मार्फत सार्वजनिक गरिएको छ ।

ट्रेलर अवधिभर कलाकार सृजना सुब्बा छाएकी छिन् । उनी सहित फिल्ममा लाक्पा सिन्जी तामाङ, सौगात मल्ल, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको छ । नरेश कुमार केसीको लेखन तथा निर्देशन रहेको फिल्मले दिदी र भाईको आत्मिय मायालाई देखाउन खोजेको छ ।

चलचित्रमा रविन आचार्य, विमल सुवेदी र उत्तम केसीको लगानी रहेको छ । ‘डाइङ क्यान्डल’ लाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् भने फिल्मको गीतमा संगीत रोशनराज थापाले दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो