पिंजडा ब्याक एगेनको फस्टलुक बाहिरियो, गरियो रिलिज मिति तय


Filmy Kura, Jan 19, 2017 at 11:11 am

अभिनेता निखिल उप्रेतीको पहिलो फिल्म ‘पिंजडा’ को सिक्वेल ‘पिंजडा ब्याक एगेन’ को फस्टलुक सार्वजनिक गरिएको छ । यसमा पनि स्वयम निखिल नै शीर्ष भूमिकामा छन् ।

फस्टलुक सँगै निर्माण यूनिटले फिल्म रिलिज मिति तय गरेको छ । नयाँ वर्ष २०७४ को बडा दशैमा यो फिल्म रिलिज हुने निर्माण पक्षले जनाएको छ । द्धन्द्ध निर्देशकमा रुपमा राम्रो छवि बनाएका हिमाल केसीले यो फिल्मको निर्देशन गर्दैछन् । यस अघि ‘किल्ला’ फिल्म निर्देशन गरेका हिमालले ‘पिंजडा ब्याक एगेन’ मा निखिलको अझ खतरनाक एक्सन रुप हेर्न सकिने बताएका छन् ।

सार्वजनिक फस्टलुकमा निखिलको मुहार मात्र अटाइएको छ । मौनता श्रेष्ठको लेखन रहेको यस फिल्मलाई रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर अधिकारीले संयुक्त रुपमा मिलेर निर्माण गरेका हुन् । निखिलको साथमा फिल्ममा अशिष्मा नकर्मीको पनि सशक्त भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो