दुई हिरोइनको अघि निर्देशकले भने, ‘सिनमा बहुत ध्यान दिएको छु’


Filmy Kura, Jan 19, 2017 at 12:18 pm

आज भन्दा १५ वर्ष अघि ‘प्रेम पथ’ निर्माण गरेका हरि पराजुली यतिबेला भने निर्देशकको रुपमा दर्शकमाझ प्रस्तुत भएका छन् । उनले निर्देशन गरेको फिल्म ‘परिणाम’ यहि माघ २१ देखि अल नेपाल रिलिज हुँदैछ ।

फिल्मीकुरा सँग कुराकानी गर्दै ‘परिणाम’ निर्माता तथा निर्देशक पराजुलीले सिनमा बहुत ध्यान दिएको बताएका छन् । उनले थपे, ‘परिवार बसेर हेर्नै अप्ठेरो हुने प्रकारको कुनै पनि सिन राखेको छैन । सिनमा ध्यान त दिनै प¥यो । नयाँ हिरोइन हुना साथ ग्ल्यामर बढी नै होला भन्ने अनुमान गरिन्छ तर हाम्रो फिल्ममा नराम्रो कुनै त्यस्तो सिन छैन ।’ यो चलचित्रबाट धेरै अपेक्षा लिएको उनको भनाइ थियो । त्यसो त उनले ‘परिणाम’ नारी प्रधान फिल्म भएकाले यसलाई नारी वर्गले विशेष रुचाउने विश्वास लिएका छन् ।

यता फिल्मकी हिरोइन झरना रिसालले ‘परिणाम’ ले आफ्नो फिल्मी करिअरमा सुखद या दुखद कस्तो परिणाम ल्याउला अहिले यसै भन्न नसकिने बताइन् । माघ २१ पछि दर्शकले यो कुराको निर्धारण गर्ने उनको भनाइ छ । फिल्ममा सोझो सिम्पल केटीको भूमिकामा रहेको बताउदै उनले रिलिज डेट नजिकिदै जाँदा एक्साइटेड र नर्भस दुवै फिल गरेको अनुभव सुनाइन् । अर्की हिरोइन सारिका घिमिरेले भने फिल्ममा स्ट्रङ्ग लेडीको भूमिकामा आफूले अभिनय गरेको बताइन् । दर्शकलाई फिल्म हेरेर मात्र कमेन्ट गरिदिन उनले आग्रह गरिन् । निर्माता निर्देशकले मात्र नभई फिल्मका कलाकारले पनि ज्यादै मिहेनत गरेको नायिका घिमिरेको भनाइ थियो । जे होस् दुई हिरोइनको साहारामा निर्देशक पराजुली यतिबेला फिल्मको पब्लिसिटी कार्यको लागि हिडिरहेका छन् ।

फिल्ममा झरना र सारिकाको अलवा मुकेश ढकाल, किसान सुनार लगायतको अभिनय रहेको छ । मुकेश हाल अमेरिकामा छन् भने अर्का हिरो किसान पनि अन्यत्रै व्यस्त हुँदा हिरो बिनाको हिरोइनले फिल्मलाई कतिको धान्न सक्लान् माघ २१ पछि रिजल्ट आउट हुने नै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो