जोकरको लागि छोराको साथ झुल्किए एक्सन किङ शिव श्रेष्ठ (भिडियो सहित)


Filmy Kura, Jan 21, 2017 at 10:20 am

एक्सन किङ शिव श्रेष्ठ छोराको साथ ‘जोकर’ को लागि शुक्रबार राजधानीमा झुल्किए । पछिल्लो समय औपचारिक कार्यक्रममा निकै कम सहभागी हुने गरेका अभिनेता श्रेष्ठ हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘जादुगर २ जोकर’ को भिडियो गीत सार्वजनिक समारोहमा प्रमुख अतिथि बनेर पुगेका थिए ।


श्रीमती र छोराको साथ आएका शिवले चैत्र ४ रिलिज फिल्मको भिडियो गीत सार्वजनिक गर्दै कलाकार तथा निर्देशक महादेवलाई शुभकामना दिए । परिवारका साथ आएका शिवले श्रीमती र छोरा सँग एकसाथ बसेर फोटो भने खिचाएनन् । जे होस् यो फिल्मको सफलताको कामनाको लागि गायिका सुनिता दुलाल समेत उपस्थित भएकी थिइन् । चलचित्रमा समावेश चार गीतको भिडियो आउट गरे सँगै निर्माण यूनिट पब्लिसिटी फाटमा उत्रने भएको छ । फिल्मका लगानीकर्ता मधुर बस्नेत हुन् ।


‘जोकर’ मा हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठी, सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल (जोगिन्दर), संसारकै होचो कलाकार दिपेन शाह लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्देशक तथा शीर्ष कलाकार त्रिपाठीले सबै उमेर समूहका लागि यो फिल्म पूर्ण मनोरञ्जनात्मक बनेको बताएका थिए ।


सार्वजनिक गीतमा टंक बुढाथोकी, सुगम पोखरेल, कमली खत्री र ध्रुब बिश्कोको संगीत रहेको छ । कार्यक्रममा मिस तामाङका सहभागीहरु समेत आएका थिए ।

भिडियो हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो