यी हुन् दावा जसले ५ हजार वर्ष अगाडिको कथालाई उतारे पर्दामा


Filmy Kura, Jan 21, 2017 at 12:35 pm

एक होइन दुई होइन तीन होइन पाँच हजार वर्ष अगाडिको परिवेश कल्पना गर्नुप¥यो भने तपाईको मानसपटलमा अनेक खाले चित्र कोरिन सक्छ । रिसर्चको विषयमा आधारित फिल्म निर्माणमा एक युवाले हात हालेका छन् । उनी हुन् दावा फिन्जो तामाङ । करिब आधा दर्जन जस्तो तामाङ भाषाको फिल्ममा अभिनय गरिसकेका दावाले ‘मंगोलियन हर्ट’ नामक फिल्ममा ५ हजार वर्ष पहिलेको सामाजिक कथा उठाएका छन् ।


‘त्यतिबेलाको समयमा मानव सभ्यता कस्तो थियो त यो फिल्ममा हेर्न पाइन्छ’ दावाले थपे, ‘एउटा भिन्न स्वाद र शैलीको फिल्मका साथ दर्शकमाझ आएको छु सायद रुचाउनु हुन्छ भन्ने आश गरेको छु ।’ दावा यो फिल्मका प्रस्तुतकर्ता तथा नायक हुन् । नेपाली फिल्ममा पहिलो पटक डेव्यू गरेका दावाले पूर्वाञ्चलका रमणीय दृश्य फिल्ममा समावेश गरेको बताए । त्यसो त आम नेपालीले यो फिल्म यहि माघ १४ गते हेर्न पाउनेछन् । उनले फिल्म रिलिज डेट नजिकिदै जाँदा पब्लिसिटीलाई अझ बृहत बनाउन नसकेको भनाइ राखे । उनले भने, ‘जति सक्दो गरि राखेकै छौ । इन्ट्रेष्टिङ विषयमा बनेको फिल्ममा शीर्ष भूमिका निभाउन पाउदा खुसी छु ।’ निर्देशकले फिल्मको लागि मंगोलियन फेस भएको कलाकार खोज्दा आफू रोजाईमा परेको नायक दावाले खुलाए । सदियौ अगाडिको विषय पर्दामा उठान गर्दा निकै चुनौती सामना गर्नुपरेको अनुभव उनी सँग छ । त्यसो त यो आफैमा जटिल कार्य पनि हो । अहिलेका युवा पुस्ताले ५ हजार वर्ष पहिलेको इतिहास उजागर गर्न खोजेको फिल्मलाई हेर्न हल आउलान जस्तो लाग्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो त यसै भन्न सकिन्न तर हामीले जून विषय उठाएको छौ । त्यसलाई न्याय दिने कोसिस गरेका छौ ।’

कोशी भिजन फिल्मस्को व्यानरमा निर्माण भएको ‘मंगोलियन हर्ट’ लाई लाख्मान योञ्जनले निर्देशन गरेका हुन् । दावा सँगै यो फिल्ममा रमा लिम्बु, सुवास मेचे, गंगा बरधान, पुष्प श्रेष्ठ, सृजना लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा लगानी मैना घिसिङ र हिसे साम्बे तामाङको रहेको छ ।

यस्तो छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो