पढाईमा सधै प्रथम हुने जीवन SLC दिदा थिए यस्ता, हाल छन् अमेरिकामा


Filmy Kura, Jan 21, 2017 at 12:59 pm

हाल अमेरिकामा रहेका नायक जीवन लुइँटेलले एस.एल.सी ताकाको एक पूरानो तस्बिर सार्वजनिक गरेका छन् । २०५४ सालको एस.एल.सी व्याचका जीवनले आफू अध्ययनरत विद्यालयलाई निकै मिस गरिरहेको बताएका छन् ।

विद्यालयको स्वर्ण महोत्सवमा सरिक हुन नपाएको भन्दै उनले गृहजिल्ला मोरङमा रहेको जनता उच्च माध्यमिक विद्यालयलाई एक लामो स्टाटस लेख्दै सम्झिएका छन् । पढाईमा सधै प्रथम हुने जीवनले भविष्यको ढोका ढक्ढक्याउदै रंगीन क्षेत्रमा आइपुगेको र यसमा आफू खुसी रहेको उल्लेख गरेका छन् ।

पढ्नुस् कसरी सम्झिए उनले आफू पढेको विद्यालयलाई ।।

तिमी बाटो, तिमी यात्रा, तिमी नै उन्नति 
आधार तिम्रो, साथ तिम्रो हुनु रैछ प्रगती 
गौरबमय ५० बर्ष, सफलताका कथा
गौरवशाली कथा गाथा रहोस् तिम्रो सदा !!

बिद्यालयले आज स्वर्ण महोत्सव मनाइरहँदा पुराना ती अतितहरु मानसपटलमा खैलाबैला मच्चाइरहेछन त्यो दिन सम्झन्छु, जुन दिन निलो हाफपाइन्ट सेतो सर्ट लागाएर फित्ते चप्पल प्याट प्याट पार्दै देशको ठूलो मान्छे बन्ने तारा जस्तै आफ्नो नाम चम्काउने लक्ष्य बोकेर कक्षा बिधालय प्रवेश गरेको थिए मसग ठुलो मान्छे बन्ने गन्तव्य थियो तर त्यो ठुलो मान्छे के हो ? कसरी बन्ने ? कहाँ बन्ने ? के बन्ने ? जवाफबिहिन थिएँ धेरै पढ्नु ठुलो मान्छे हुनु भनेर सबैले भन्ने गर्थे,लाग्दथ्यो पढेरै ठुलो मान्छे बनिएला भनेर त्यसैले सानैबाट पुस्तक शिक्षा प्रती मोह बस्न पुग्यो पुस्तक हुन या पत्रपत्रिका, साहित्य होस या शास्त्र देखेपछी पढ्न मन लागिहाल्थ्यो पढाइप्रतिको मोह लगनशीलताले बिद्यार्थीकाल सहजै बित्यो सधै प्रथम हुनु, अतिरिक्त क्रीयाकलाप सहभागी भइ पुरस्कृत हुनु सामान्य हुन थाले यत्तिकैमा प्रवेशिका परिक्षा उत्तीर्ण भएपछी कलेज पढ्ने दिन आयो सानैदेखिका साथिभाइ , बाटो देखाउने अग्रज , त्यहाँ पढाउने गुरुहरुसग बिद्यालय यात्रा टुङ्गिदै थियो भने अर्को तिर भविष्य रोज्ने फलामे गेट रोज्नु थियो लाग्दथ्यो आज कुनै शितल वाटिकामा बसेर कविता कोर्दै हुन्थे होला वा निजामती सेवामा प्रवेश गरेर देशको कुनाकन्दरामा सेवा गर्दै हुन्थे होला वा राजनितीमा होमिएर सामजिक क्षेत्रमा अघि बढ्दै हुन्थे होला तर जिवनको त्यो सानो समयअंशमा कलाकारिताको बिजारोपण भइ अंकुरण हुँदा समय परिस्थितिसगै अन्तरमन बद्लिएर कलाकारमन हुन पुग्नु ठुलो मान्छे हुने देशको सेवा गरेर नाम राक्छु भन्ने मान्छे कलेज जीवन सगसगै रङ्गिन दुनियाँमा प्रवेश हुनु आज यहाँ सम्म पुग्ने नियति नै रैछ भन्दा दोमन हुन सक्दिन जिवनमा देखेका सपनाहरुका पाण्डुलिपिहरु एकातिर हुत्याएरहिरोबन्ने सुरमा जिन्दगीको मोडनै परिवर्तन भयो मोरङ बाट काठमाडौ प्रवेश सगै मोडलिङ सिनेमा संसारमा मैले मेरो मानसिक भौतिक जिवनयापनमा आधारभुत पाइला खर्चिन थालेँ कडा मिहेनत, अनुशासन सपनाहरुले बिस्तारै आफू खुड्किला बन्दै मलाइ उकाल्दै आज यो स्थानसम्म ल्याइपुर्याएका हुन् यस्को सबैभन्दा महत्त्वपूर्ण श्रेय भनेको मेरो शैक्षिक धरातल, यो बिद्यालय यहाँका गुरुहरुलाइ जान्छ मैले टेकेको पहिलो खुड्किलो बनिदिएर, समयसगै जिवनकै मेरुदण्ड बनिदिएको श्री जनता उच्च माध्यमिक बिद्यालय मात्र नभइ मेरो बुवा अनि परिवारका अधिकांस सदस्यको शैक्षिक धरातल यहि बिद्यालय हो|
आज ५१ औं वर्षको गौरवशालि इतिहास लेख्दै गर्दा कार्यव्यस्थताले संयुक्त राज्य अमेरिका पुग्नु स्वर्ण महोत्सवमा सरिक हुन नपाउनु जिवनकै दुर्भाग्यको क्षण मान्दछु उपस्थित हुन नसकेकोमा सम्पुर्ण गुरुवर्ग, सहपाठी हरु, पुर्व बिध्यार्थी हरु , अभिभावक जन, बिद्यालय परिवार माया गर्ने भाइबहिनीहरु सग माफी चाहान्छु ।मलाइ यहाँसम्म उभ्याउन महत्वपूर्ण योगदान पुर्याउने गुरुवर्ग, अग्रज दाजुदिदी बिद्यालय परिवारलाइ सादर नमन गर्न चाहान्छु

हामिजस्ता बिद्यार्थीको भविष्यको विकासमा यस बिद्यालयले गरेको लगानी अतुलनीय हामी त्यसका ऋणि भएका छौं बिद्यालयलाई सफल ५१ औं वर्ष प्रवेशमा धेरै धेरै बधाइ तथा शुभकामना

जीवन लुइटेल 
SLC :
२०५४
हाल : वासिङ्टन डि. सि. , संयुक्त राज्य अमेरिका

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो