सिड्नीबाट मिल्यो धुर्मुस सुन्तलीलाई १७ लाखको सहयोग


Filmy Kura, Jan 22, 2017 at 3:31 pm

एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई १७ लाख सहयोग रकम प्राप्त भएको छ । जनवरी २१ मा गज्जबको इभेन्ट्स द्धारा आयोजित कार्यक्रममा प्रस्तुति दिएका यो जोडिले सिड्नीमा भएको कार्यक्रममा १७ लाख ४२ हजार ६ सय २५ रुपैया सहयोग रकम संकलन गरेका हुन् ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको उल्लेख्निय उपस्थितीमा गरिएको कार्यक्रममा सो सहयोग रकम संकलन गरिएको हो । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले कुराकानी गदै सबै सहयोगी मनहरुलाई धन्यबाद दिएका थिए । उनले अष्ट्रेलियाका २ कार्यक्रम अझै बाकि रहेको जानकारि दिएका छन् । अष्ट्रेलियामा धुर्मुस सुन्तलीले जनवरी २९ मा मेलवर्न र फेब्रुअरी ४ मा ब्रीस्बेनमा कार्यक्रम गर्ने तय भएको जानकारि दिएका छन् । अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सहयोगको लागी आग्रह गदै उनले सहयोग गर्न चाहने जो कोहिलाई सहयोगको लागी अनुरोध पनि गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गदै गरेको एकिकृत नमुना मुसहर बस्तीका लागी अझै थुप्रै सहयोगको खाचो भएको बताउदै उनले छिटै सहयोग रकम संकलन भए आफुहरुले नया बर्षमा बस्ति हस्तान्तरण गर्ने योजना पुरा हुने बताए ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको एकिकृत नमुना मुसहर बस्तिको अहिले १५ प्रतिशत काम सकिएको छ । हाल सम्ममा बस्तीमा निर्माण हुने ५० वटा घर मध्ये ४० वटा घरको जग निस्किएको छ भने ३२ वटा घरको जग उठाउने कार्य सम्पन्न भइसकेको छ । पिलिन्थ लेवल सम्मको ५ वटा घरको निर्माण कार्य सकिएको छ । मुसहर बस्ती निर्माणका लागी करीब १ सय मुसहरहरु श्रमदानमा खटिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो