इन्ट्रेष्टिङ विषयले फिल्ममा लगानी गर्न उद्धत भए यी निर्माता, हेर्दा लाग्छन् हिरो जस्तो


Filmy Kura, Jan 23, 2017 at 12:12 pm

स्वयम्भु सानु भर्याङ्गमा ट्राभल एजेन्सी चलाएर बसेका हिसे साङ्बो तामाङ माघ १४ रिलिज फिल्म ‘मंगोलियन हर्ट’ का निर्माता हुन् । जिउडाल चट्ट मिलेको झट्ट हेर्दा फिल्मको हिरो जस्तै देखिने उनले इन्ट्रेष्टिङ विषयले गर्दा फिल्ममा लगानी गर्न उद्धत भएको बताएका छन् ।

फिल्मीकुरा सँग कुराकानी गर्दै निर्माता तामाङले कोही कसैको आश्वासनमा परेर लगानी गरेको नभई आफैले बुझेर यो फिल्ममा लगानी गरेको बताए । उनले भने, ‘मेरो यो पहिलो फिल्म हो । ५ हजार वर्ष पहिलेको कथा भन्नसाथ मलाई यसको विषयले तान्यो । त्यतिबेलाको मानव सभ्यता कस्तो थियो त हामीले यस चलचित्रमा उठान गरेका छौ ।’

चलचित्रलाई दर्शकले रुचाउनेमा आशावादी देखिएका निर्माता हिसेले ‘मंगोलियन हर्ट’ निर्माणका लागि ३५ लाख खर्च भएको बताए । मूलधारका फिल्म भन्दा यो फिल्म भिन्न स्वाद र शैलीको रहेको उनको भनाइ छ । त्यसो त उनले यो फिल्ममा आफू सहित अन्य दुई जनाको संयुक्त लगानी रहेको बताएका छन् । चलेका स्थापित अनुहारलाई फिल्ममा राख्न सकिन्थ्यो किन नयाँलाई प्राथमिकता दिएको भन्ने अर्को एक प्रसंगमा उनले थपे, ‘चलचित्रको विषय अनुरुप मंगोलियन फेस चाहिने भएकाले नयाँ कलाकार प्राथमिकतामा परेका हुन् । उनीहरुले पनि राम्रो अभिनय गरेका छन् । सायद हल सम्म आउने दर्शकले निराश हुनुपर्ने अवस्था नआउला ।’

निरन्तर फिल्म निर्माण मै लाग्ने या नलाग्ने भन्ने कुरा यो फिल्मको रिजल्ट पछि डिसिजन गर्ने निर्माता तामाङले बताए । गुड लुकिङका धनी तामाङ कथाले माग्यो भने चलचित्रको पर्दामा समेत आउने तयारीमा छन् । रसुवा निवासी निर्माता हिसेले हाल जारी रहेको विजनेश व्यापार पनि राम्रो रहेको बताए ।

कोशी भिजन फिल्मस्को प्रस्तुति चलचित्र ‘मंगोलियन हर्ट’ लाई लाख्मान योञ्जन तामाङले लेखन तथा निर्देशन गरेका हुन् । सुमन योञ्जनले छायांकन गरेको फिल्मलाई हेमान योञ्जनले सम्पादन गरेका छन् । फिल्ममा दावा फिञ्जो तामाङ, रमा लिम्बु, सुवास मेचे, पुष्प श्रेष्ठ, सुवास योञ्जन लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो