माघ महिनामा महादेव यसरी लागे जिरो फिगरको पछि (हेर्नुस् भिडियो)


Filmy Kura, Jan 23, 2017 at 1:00 pm

एक त माघ महिना स्वस्थानीको महिमा सुन्दै शिवको नाममा ब्रत बस्ने महिना पनि हो । शिव अर्थात महादेव । सत्ययुगमा भगवान महादेवको पछि स्त्री लाग्थे तर कलियुगका एकजना महादेव भने जिरो फिगर भएकी एक युवतीको पछि लागेका छन् । उनी हुन् हास्यकलाकार महादेव त्रिपाठी ।

जादुगर समेत रहेका त्रिपाठीको निर्देशनमा तयार ‘जोकर’ फिल्ममा समावेश ‘जिरो फिगरले’ बोलको गीत यतिबेला चर्चामा छ । जहाँ महादेव आफैले जिरो फिगरवाली सँग नाचेका छन् । त्यसो त महादेवलाई यो गीतमा नचाउने काम भने नृत्य निर्देशक शिव विकेले गरेका हुन् । चैत्र ४ रिलिज हुन गइरहेको यो फिल्मको गीतमा संगीत ध्रुव बिश्कोले दिएका छन् । ध्रुव र सुमन गुरुङले गाएको डान्सिङ प्याटर्नको यो गीतले केही हद सम्म भएपनि अडियन्सलाई हल सम्म तान्न सक्ने अनुमान लगाउन सकिन्छ ।

मधुर बस्नेत निर्मित ‘जोकर’ मा शान्ता दुलाल बस्नेत एक्जुकेटिभ प्रोड्युसरका रुपमा रहेकी छिन् । चलचित्रमा महादेव त्रिपाठी, सिम्पल खरेल, संगीता लामा, दिपेन शाह, रेशम फिरिरि लगायतका कलाकारले अभिनय गरेका छन् ।

हेर्नुस् यसरी लागे महादेव जिरो फिगरवालीको पछाडि ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो