गडिमाई पुगेर बसन्तले सुरु गरे मेला, अशिष्मालाई सम्हाल्न सलोन र आमेश तयार


Filmy Kura, Jan 23, 2017 at 3:10 pm

निर्देशक बसन्त निरौलाले गडिमाई मन्दिरको पूजाआजा गर्दै ‘मेला’ फिल्मको सुटिङ सुचारु गरेका छन् । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुति ‘मेला’ मा अशिष्मा नकर्मी, सलोन बस्नेत र आमेश भण्डारीको शीर्ष भूमिका रहेको छ ।

‘मेला’ योङ्ग जेनेरेशनको फूल रोमान्टिक कलेज स्टोरीमा आधारित रहेको निर्माण पक्षले जनाएको छ । एउटा गजबको संयोग त यो छ कि यस अघि केही फिल्ममा नायिकाको रुपमा काम गरेकी पवित्रा आचार्य ‘मेला’ बाट भने नृत्य निर्देशकको रुपमा आउदैछिन् । पहिलो पल्ट फिल्मको गीतमा कोरियोग्राफर भएर काम गर्न लागेकी नायिका पवित्रा नाताले निर्देशक निरौलाको श्रीमती पर्छिन् ।


विरगञ्ज र हेटौडाका रमणिय दृश्यमा छायांकन गरिने यस फिल्मलाई दिव्यराज सुवेदीले खिच्नेछन् । मनोज मरोडिया र हरि पन्तको संयुक्त लगानी रहने फिल्ममा संगीत अर्जुन पोखरेलको रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो