फ्राइडे रिलिजमा मंगोलियन हर्ट र भाग्य आ–आफ्नो, बिहानी शोमा झरीको प्रभाव


Filmy Kura, Jan 27, 2017 at 11:40 am

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार दुई नयाँ सिनेमा रिलिज भएका छन् । ‘मंगोलियन हर्ट’ र ‘भाग्य आ–आफ्नो’ नामक दुई फिल्म देशव्यापी प्रदर्शनमा आएका हुन् ।

माघ १४ देखि रिलिज भएका यी दुई फिल्मलाई बिहानी शो मा भने सिमसिमे झरीले गर्दा केही मात्रामा प्रभाव पारेको छ । चिसोका कारण फिल्म हेर्न हल जाने सोच बनाएका अडियन्समा समेत कमी आएको छ । तथापी यी दुवै फिल्मले नर्मल ओपनिङ गरेका छन् ।

कुरा सुरु ‘मंगोलियन हर्ट’ बाट गरौ । हिसे तामाङ निर्मित यस फिल्मले ५ हजार वर्ष पहिलेको सामाजिक परिवेश कस्तो थियो भनेर देखाउन खोजेको छ । कोशी भिजन फिल्मस्को व्यानरमा निर्मित यस फिल्मलाई लाख्मान योञ्जनले निर्देशन गरेका हुन् । चलचित्रमा दावा फिन्जो तामाङ, सुवास मेचे, रमा लिम्बु, पुष्प श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मका प्रस्तुतकर्ता एवं नायक दावाले देशभरका ४० हलमा यो फिल्म लागेको फिल्मीकुरालाई जानकारी दिएका छन् ।

यता ‘भाग्य आ–आफ्नो’ नामक फिल्मले भने एड्स लागेका मानिसलाई नेपाली समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ भनेर देखाउन खोजेको छ । फिल्मलाई समिर मियाँले निर्देशन गरेका हुन् । यस अघि ‘तिमी बिनाको जीवन’ फिल्म निर्माण गरेका बिकास शाक्यको दोस्रो फिल्म हो ‘भाग्य आ–आफ्नो’ । जसमा बिकासले निर्माणको मात्र नभई कथा, स्क्रिप्ट र फिल्मको शीर्ष रोल सम्हालेका छन् । अघिल्लो फिल्मबाट घाटा व्यहोरेका बिकास यो पटक लगानी रिकभर हुनेमा आशावादी छन् । जे होस् फिल्मले के कस्तो व्यापार गर्ला त्यसका लागि भने एक साता कुर्नको विकल्प छैन । फिल्ममा बिकास र मोडल समेत रहेकी भावना गुरुङको शीर्ष भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो