माघ २७ बाट धनपति सुटिङ फ्लोर जाने, ०७४ असार २३ मा हुनेछ रिलिज


Filmy Kura, Jan 27, 2017 at 12:08 pm

चलचित्र ‘धनपति’ को सुटिङ यहि माघ २७ गतेबाट सुरु गरिने भएको छ । निर्माण कम्पनी टुकी आर्टस्ले एक प्रेस विज्ञप्ती जारी गर्दै रिलिज मिति समेत सार्वजनिक गरेको छ ।

दीपेन्द्र के खनालले निर्देशन गर्ने ‘धनपति’ मा खगेन्द्र लामिछानेको कथा, पटकथा तथा संवाद सहित शीर्ष रोल रहनेछ । रोजिना सिटौला निर्मित यस फिल्मलाई दर्शकले २०७४ साल असार २३ गते हलमा हेर्न पाउनेछन् । त्यसो त यो फिल्ममा अधिकांश हिट फिल्म ‘पशुपति प्रसाद’ कै टिम रहेको छ । सपना र अहंकारले एउटा मानिसलाई कता कता डो¥याउँछ त ? ‘धनपति’ मा यहि विषय उठान गरिदैछ । खगेन्द्रको अलवा फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, हरिहर शर्मा, सुरवी बर्तौला लगायतका कलाकारको अभिनय रहनेछ ।

‘धनपति’ लाई निरज कँडेलले छायांकन गर्नेछन् । फिल्ममा रजना नापित र समीर देवकोटा सह निर्माताको रुपमा रहेका छन् । के ‘पशुपति प्रसाद’ ले जस्तै यो फिल्मले पनि एउटा लेभल क्रियट गर्न सक्ला ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो