बल्ल जुर्यो सायद २ रिलिज मिति, जापान प्रिमियरमा पत्रकार श्याम अर्याल सहभागी हुँदै


Filmy Kura, Jan 27, 2017 at 1:09 pm

निर्धारण गरेको प्रदर्शन मिति पटक पटक हेरफेर गरेको दुर्गिश फिल्मस्ले अन्तत ‘सायद २’ लाई असार ३० गते रिलिज गराउने भएको छ । फाइनल गरिएको यो मितिबाट भने नसर्ने पक्षमा निर्माण पक्ष रहेको छ ।

यस अघि चैत्र र जेठ टार्गेट गरिए पनि फिल्म हेर्न आउने अडियन्सको परीक्षा पर्ने भएकाले असार ३० रिलिज मिति लक गरिएको हो । नेपाली फिल्म क्षेत्रमा सफल प्रोडुसरका रुपमा परिचित सुनिल रावलको यो चौथो फिल्म हो । यस अघि ‘सायद’, ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ निर्माण गरेका रावलले नेपाल रिलिज पूर्व ‘सायद २’ विदेशमा विभिन्न ठाउँमा प्रिमियर गराउने चाजो पाजो मिलाइ रहेका छन् ।

आगामी मार्च १९ तारिखका दिन जापानको टोकियोमा ‘सायद २’ को प्रिमियर शो आयोजना गरिदैछ । जहाँ फिल्मका निर्माता रावल सहित दुर्गिश थापा, कलाकार सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ र चलचित्र पत्रकार श्याम अर्याल जापान उड्दैछन् । चलचित्रलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । रावलले यस पटक भने निर्माणमा सहकार्य गरेका छन् । इश्वर श्रेष्ठ र सुभाष लामिछानेको सह लगानी रहेको यस फिल्मले अघिल्लो पटकको साख कतिको जोगाउन सक्ने हो प्रतिक्षाको विषय बनेको छ ।

चलचित्रमा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो