अहिलेका कलाकारबाट रेस्पेक्ट नपाएको परिणाम निर्देशकको अनुभव


Filmy Kura, Jan 27, 2017 at 1:36 pm

त्यसो त फिल्म क्षेत्रमा सिनियरलाई रेस्पेक्ट गर्ने परम्परा दिनानुदिन घट्दै गइरहेको छ । भर्खरै प्रवेश गरेका कलाकारले वर्षौ अघि देखि सक्रिय कलाकारलाई शिर होइन यहाँ पाच औला ठाडो पार्दै हेलो र हाइ भन्ने चलन भने हाबी हुँदै गइरहेको छ ।

यसैबीच यस्तै अनुभव एक निर्देशकले फिल्मीकुरा सँग सेयर गरेका छन् । माघ २१ रिलिज फिल्म ‘परिणाम’ का निर्देशक हरि पराजुलीले अहिलेका कलाकारमा रेस्पेक्ट गर्ने तरिका नै नभएको बताएका छन् । आज भन्दा ९ वर्ष अघि ‘प्रेम पथ’ निर्माण गरेका पराजुलीले उतिबेला सो फिल्ममा खेल्ने शीर्ष कलाकार पुजना प्रधान र नविन श्रेष्ठले गर्ने व्यवहार र ‘परिणाम’ मा खेल्ने कलाकारले गर्ने व्यवहार आकाश पातालको फरक रहेको बताएका हुन् ।

फिल्मीकुरा सँगको एक विशेष संवाद जोडिदै उनले भने, ‘त्यतिबेला उनीहरुले आदर गरेर बोल्थे । कलाकारले मेकरलाई एउटा लेभलमा राख्थे । तर परिणाम बनाउदा मैले के फिल गरे भने अहिलेका कलाकार बढी फ्रेन्ड्ली हुन चाहाने । यता उता ग¥यो निकट रहन खोजि हाल्ने ।’ निर्देशक पराजुलीले यो मामलामा नायिकाहरु बढी निकट रहन चाहने गरेको खुलासा गरे । अर्को एक प्रसंगमा उनले फिल्म खेलाइदिनु भनेर धेरै नव युवतीको फेसबुक थ्रु मेसेज आउने गरेको समेत बताए । ‘परिणाम’ मा निर्देशनको मात्र नभई निर्माणको समेत जिम्वेवारी सम्हालेका पराजुलीले यो फिल्म पूर्ण नारी प्रधान भएको बताए ।

यस फिल्ममा मुकेश ढकाल, किशान सुनार, सारिका घिमिरे, झरना रिसाल लगायतका कलाकारले अभिनय गरेका छन् । रिलिज संघारमा फिल्मका नायक किशान पनि पब्लिसिटी फाँटमा देखिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो