फिल्म म यस्तो गीत गाउँछुको गीत रेकर्ड सम्पन्न, अभिनेत्री पूजा निर्मात्रीको रुपमा


Filmy Kura, Jan 27, 2017 at 4:22 pm

फिल्म ‘म यस्तो गीत गाउँछु’ को गीत रकेर्ड कार्य सम्पन्न भएको छ । फिल्ममा स्तरिय गीत मात्र समावेश गर्ने योजना राखेका निर्देशक सुदर्शन थापाले यो पटक भने ७ वटा गीत रेकर्ड गरिएको बताएका छन् । तर यी सबै गीत भने फिल्ममा समावेश गरिने छैन ।

७ गीत मध्येबाट उत्कृष्ट तीन वटा गीत भने सेलेक्ट गरिसकिएको छ । सबै गीतमा संगीत भर्ने काम भने अहिलेका हिट संगीतकार अर्जुन पोखरेलले गरेका छन् । चलचित्रको गीतमा आवाज सुगम पोखरेल, अञ्जु पन्त, प्रमोद खरेल र स्वयम संगीतकार अर्जुनले दिएका छन् ।

चलचित्रमा अभिनेत्री समेत रहेकी पूजा शर्माको पनि लगानी रहने भएको छ । पूजा र पल शाहको जोडीलाई यो पटक सुदर्शन थापाले पर्दामा उतार्दैछन् । फिल्म यहि महिनाबाट सुटिङ फ्लोर जाने निर्देशक थापाको भनाइ छ । विसुद्ध प्रेम कथामा आधारित ‘म यस्तो गीत गाउँछु’ फिल्मको टाइटल निर्देशक थापाले आफू निर्देशित अघिल्लो फिल्म ‘प्रेमगीत’ मा समावेश शीर्ष गीतबाट लिएका हुन् ।

‘प्रेमगीत’ मा निर्देशक थापाको कामको अडियन्सले खुलेर तारिफ गरेका थिए । यो पटक पनि उनी सबै दर्शकको मन जित्ने अभिप्रायका साथ फिल्मलाई राम्रो बनाउन वर्क वाउट गरिरहेका छन् । सुदर्शन थापा प्रोडक्शनमा यो फिल्म बन्न लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो