राधेमा प्रियंका प्रियाको रोलमा, बाहिरियो क्यारेक्टर पोस्टर


Filmy Kura, Jan 29, 2017 at 12:56 pm

नयाँ वर्ष २०७४ बैशाख १ मा रिलिज हुने फिल्म ‘राधे’ मा नायिका प्रियंका कार्की प्रियाको रोलमा रहेकी छिन् । आइतबार निर्माता सुशील पोखरेलले ‘राधे’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरेका छन् । जहाँ नायिका प्रियंका कार्कीलाई रातो पहिरनमा छाता ओढिरहेको पाउन सकिन्छ ।

यो फिल्मलाई जगदिश्वर थापाले लेखन तथा निर्देशन गरेका हुन् । कमर्सियल फिल्म मेकरका रुपमा परिचित सुशीलले ‘राधे’ एक्सन लभस्टोरी फिल्म भएको बताएका छन् । जून फिल्ममा प्रियंका सहित एक्सन हिरो निखिल उप्रेती शीर्ष रोलमा रहेका छन् ।

प्रियंका र निखिलको जोडीलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष आशावादी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो