पिंजडा ब्याक अगेन निर्माण घोषणा, अशिष्मा आउट हुँदा सारा ईन


Filmy Kura, Jan 30, 2017 at 3:15 pm

चलचित्र ‘पिंजडा ब्याक अगेन’ को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेता निखिल उप्रेतीलाई लिएर यो फिल्म निर्माण गरिने जानकारी गराइएको हो । त्यसो त निर्माण यूनिटले यो फिल्म एक दशक अघि निर्माण भएको हिट फिल्म ‘पिंजडा’ को सिक्वेल नभएको बताएको छ । पिंजडाबाटै निखिलले नेपाली रजतपटमा डेव्यू गरेका थिए । द्धन्द्ध निर्देशकको रुपमा राम्रो छवि बनाएका हिमाल केसीले यो फिल्मको निर्देशन गर्नेछन् । ओम साइ मुभी प्रालिको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र अधिकारीको लगानी रहनेछ ।

यस अगाडि फिल्ममा लिड हिरोइनको रुपमा अशिष्मा नकर्मी रहने बताइएपनि उनको ठाउँमा नवनायिका सारा सेर्पाइलीलाई राखिएको छ । साराले यस अघि ‘रुद्र’ मा निखिल सँग स्क्रिन सेयर गरिसकेकी छिन् । मौनता श्रेष्ठको लेखन रहेको फिल्मको छायांकन सोमबार देखि नै सुरु गरिएको छ । चलचित्रमा निखिल उप्रेती, सुस्मिता केसी, सारा सेर्पाइली, सुन्दर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्ममा महेश खड्का, बसन्त सापकोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत, रामजी लामिछानेको नृत्य, सौराभ लामाको छायांकन रहनेछ । फिल्मलाई गोपाल कायस्थले वितरण गर्नेछन् ।

निखिलले पिंजडा ब्याक अगेनलाई लिएर समारोहमा यस्तो बोलेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो