अनमोलको कृ फागुन १५ बाट सुटिङ फ्लोर जाने, जसका लागि उनले बनाए सिक्स प्याक


Filmy Kura, Jan 30, 2017 at 5:54 pm

लेडिज फ्यान धेरै भएका नायक अनमोल केसीको नयाँ फिल्म ‘कृ’ को सुटिङ फागुन १५ बाट सुरु हुँदैछ । जसका लागि उनले सिक्स प्याक बडी बनाइ सकेका छन् ।

घरमै बडी बिल्डका लागि तालिमकर्ताको व्यवस्था गरिएको उनका पिता भुवन केसीले फिल्मीकुरालाई जानकारी दिएका छन् । त्यसो त अनमोल ‘कृ’ क्यारेक्टरका लागि कपाल पनि पालिरहेका छन् । औपचारिक कार्यक्रममा सहभागी नहुनुको कारणबारे भुवनले खुलाउदै भने, ‘अनमोलको कृ लुक्स नबाहिरियोस् भनेर हो । तर जति पनि व्यक्तिले अनमोल पिंजडामा थुनिएर राखेको चरी जस्तै भएको छ भनेर सोचेका छन् उनीहरु भ्रममा छन् । उ स्टार भइसक्यो । जहाँ पायो त्यहि देखिनु पनि राम्रो होइन ।’ भुवनले यो फिल्ममा अनमोलको अभिनय पनि सुधारिने बताए ।

‘कृ’ मा अनमोल एक्सन हिरो भएर प्रस्तुत हुनेछन् । यसका लागि पनि उनले सिक्सप्याक बडी बनाएका हुनु । पिता भुवन केसी सँग बस्ने गरेका अनमोल हप्ताको दुई पटक आमा सुस्मिता बोम्जनलाई भेट्न जाने गर्छन् । बुबा आमा छुट्टिएपनि उनले समान व्यवहार गर्ने गरेका छन् । एक भेटमा अभिनेत्री सुस्मिताले फिल्मीकुरा सँग भनिन्, ‘छोराको प्रगति नै हाम्रो खुसी हो । कतिलाई लाग्ला म भुवन जी सँग छुट्टिए पछि अनमोलले आमा बाबुको माया पाउन सकेन । त्यस्तो होइन उसलाई मेरो तर्फबाट पनि पूरा सपोर्ट छ ।’

काजोल फिल्मस् र सुवास इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो